महेन्द्रनगर - राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष राजेन्द्र लिंदेलले आफु नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भनि हिडेको बताएका छन । मंगलबार महेन्द्रनगरमा राप्रपा नेपाल कञ्चपुरले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दैै अध्यक्ष लिङ्देलले उक्त कुरा बताएका हुन ।
‘म पुर्वको लिम्बुको छोरा हु, मेरो धर्मको बारेमा किरात धर्म लेख्छु, म किरात परम्परा अनुसार मेरो घरमा पुजा आज गर्छु तर म नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भनि हिडेको छु ।’
अध्यक्ष लिङ्देलले भने ‘जन्मले कर्मले हिन्दु हुनु जरुरी छ । ठूलो संख्याअधिकांस जति भुन न राप्रले कति नै भोट पाएको छ र, अधिकांस भनुन भन्ने बेलामा हिन्दु हु भन्ने तर माओवादी, कांग्रेस जस्ता अधर्मी पार्टीहरुलाई भोट हाल्ने काम गरिरहेका छन ।’
अध्यक्ष लिङ्देलले सत्तारुढ गठबन्धनको यवहारले बैदेशिक सम्बन्ध जस्तो महत्वपूर्ण कुरालाई सत्ता चढ्ने सिढी बनाइएको आरोप समेत लागाए । ‘एमसीसीलाई सत्तामा टासिने लिसोका रुपमा प्रयोग गरियो,’ अध्यक्ष लिङ्देनले भने, ‘हिजो एमसीसी गलत, आज ठिक कसरी हुनसक्छ ।’
सत्तारुढ गठबन्दनले व्याख्यात्मक रुपमा आईतबार मात्रै संसदबाट पारित गरेको एमसिसिको टिप्पणी गर्दै अध्यक्ष लिङ्देलले जनतालाई झुक्याउने काम गरेको आरोपसमेत लगाए । ‘व्याख्यात्मक टिप्पणी भनेको छ । के हो त्यो व्याख्यात्मक टिप्पणी ?,’ उनले प्रश्न गरे, ‘अमेरिकाको एउटा कम्पनी र हाम्रो सरकार बीच सम्झौता भएको छ । शेर बहादुर, प्रचण्ड र माधव नेपालहरुले व्याख्या गर्दैमा उसले मान्छ ? यो त जनता झुक्याउने काम भयो ।’
उनले कांग्रेस, एमाले र माओवादीहरुलाई पटक–पटक सत्तामा पु¥याएपनि उनीहरुले नेपाललाई धोका दिइरहेको आरोप लगाउदै आउदो निर्वाचनमा जनताले सोच्नु पर्ने बेला आएको बताए ।
‘हिन्दू धर्मावलम्बीहरुले हिन्दू राष्ट्र बनाउने पार्टीलाई भोट दिनुपर्छ,’ अध्यक्ष लिङ्देनले भने, ‘हामी सत्तामा पुगेको दिन हिन्दू राष्ट्र घोषणा गछौं ।’
राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्र चन्दको सभापतित्वमा सम्पन्न आम भेलालाई उपाध्यक्ष बिक्रम पाण्डे, महामन्त्री डा. धबल शमशेर राणा, प्रबक्ता ज्ञानेन्द्र शाहीलगायतका नेताहरुले पनि सम्बोधन गरेका थिए ।