अछाम - नेपाल निजामति कर्मचारी संगठन, अछामको नयाँ नेतृत्व चयन भएको छ । संगठनको ११ औं जिल्ला अधिवेशनबाट मंगलसेन नगरपालिकामा नायब सुब्बामा कार्यरत विष्णुप्रसाद जैसीको अध्यक्षतामा २१ सदस्यीय नयाँ समिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा हिमाल खड्का र तुलसी साउँद, सचिव झनकराज अधिकारी, सहसचिव दुर्गाप्रसाद जैसी, कोषाध्यक्ष हिक्मतबहादुर नेपाली चयन भएका छन् ।
समितिको सदस्यमा ध्रुव बोहरा, कृष्णप्रसाद जैसी, नृपबहादुर बुढा, दीपक खड्का, विष्णुप्रसाद भण्डारी, चक्रबहादुर वयक, खन्टी रिमाल ढुङ्गाना, मिना रावल भण्डारी, सिर्जना कठायत, भगिसरा थापा सोडारी, दिलमाया थापा, हिक्मतबहादुर धामी रहेका छन् ।
यस्तै, सोही अधिवेशनका क्रममा जगतबहादुर रावलको अध्यक्षतामा सात सदस्यीय राष्ट्रसेवक बचत तथा ऋण सहकारी समेत गठन गरिएको छ ।