धनगढी - नेपाली काँग्रेस कैलालीको जिल्ला १४ औँ अधिवेशनबाट १२ जना निर्विरोध भएका छन् ।निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीका अनुसार ४ जना थारु महिला सदस्य, ७ जना भूगोलतर्फका सदस्य र एक जना महाधिवेशन प्रतिनिधि निर्विरोध भएका हुन्।
निर्विरोध निर्वाचित हुनेमा थारु महिला सदस्य कल्पनादेवी चौधरी, निर्मलाकुमारी चौधरी, फुलदेवी बडायक र शारदा चौधरी रहेका छन् । सदस्य भूगोल(कैलारी गाँउपालिका) अनिता चौधरी, भूगोल महिला सदस्य (धनगढी) कल्याणी सिंह हमाल र सुशीला भट्ट रहेका छन् ।
त्यसै गरी भजनी (भूगोल महिला) नन्दा शर्मा, लम्की चुहा भूगोल महिला राधिका जोशी, मोहन्याल (भूगोल महिला) झरना सिजालीमगर, जोशीपुर भूगोल धनबहादुर मल्ल र महाअधिवेशन प्रतिनिधि भिमबहादुर शाह निर्विरोध निर्वाचित भएका छन् ।
आइतबार (आज ) जिल्ला सभापतिमा अहिलेसम्म तीन जनाको निर्वाचन हुने भएको छ ।जिल्ला समिति चयनका लागि संस्थापन पक्षबाट दुई र इतर पक्षबाट एक प्यानल चुनावी मैदानमा छन् ।संस्थापन पक्षका नारायणदत्त भट्ट र प्रकाशबहादुर बम तथा संस्थापन इतर पक्षबाट रामबहादुर कलेलको उम्मेदवारी परेको हो । यस्तै जिल्ला सभापतिमा दाबी गर्दै आएका नेता भीम बडूवाल भने पछि हटेका छन् । उनले संस्थापन पक्षबाट सभापतिका उम्मेदवार नारायणदत्त भट्टको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिएका हुन् ।
उनको प्यानलबाट उप–सभापतिमा रामप्रसाद चौधरी, सचिवमा केशव मिश्र र अमृत बिसी, सहसचिवमा राम समझ राना र कलेसु चौधरीले उम्मेदवारी दिएका छन् । त्यसै गरी सभापति प्रकाश बमको प्यानलबाट उप–सभापतिमा खेमराज चौधरी र तेज शङ्कर भट्ट, सचिवमा खडक शाह रहेका छन् ।