अत्तरिया - कैलालीको अत्तरियामा यही फागुन १३ गते देखी सुदूरपश्चिम प्रादेशिक महोत्सब सुरु भएको छ । महोत्सबको संस्कृति , पर्यटन तथा नागरिक उड्यान नागरिकमन्त्री प्रेम आलले समुद्घाटन गरेका थिए । महोत्सबमा दैनिक स्थानिय तथा राष्ट्रिय कलाकारहरुले दैनिक मनोरञ्जन प्रदान गरिरहेका छन् ।
महोत्सवमा स्थानिय बिभिन्न प्रतिभाका साथै राष्ट्रिय कलाकारहरुले आ आफ्नो प्रस्तुती राख्ने छन् । महोत्सबको दोस्रो दिन लोकपप गायक अर्जुन कौशल र हास्यकलाकार राजा राजेन्द्र पोखरेलले आफ्नो प्रस्तुती राखेर दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।
यस्तै आज १५ गते गायक प्रकाश दराज , लोकदोहरी गायिका बविता बानिया जेरी र देउडा गायक टेक बोगटीले आफ्नो प्रस्तुती रहनेछ ।
यस्तै आज क्युरिक्स डान्स स्टुडियो अत्तरिया र वन वे डान्स क्याम्प अत्तरियाको पनि प्रस्तुती रहनेछ । १६ गते गायिका मेलिना राई , देउडा गायिका माया पाण्डे र हास्यकालकार सुरबिर पण्डित दारी बा को प्रस्तुति रहनेछ भने स्थानिय कोरियो भाईब डान्स अत्तरियाको प्रस्तुति रहनेछ ।
१७ गते चर्चित गायक चक्र बम , बाल गायक सुप्रिम मल्ल र केशव फुलारा , १८ गते चर्चित गायक प्रकाश सपूत , सुरेश चोखाल र सपाना शाही , १९ गते चर्चित गायक टंक तिमिल्सना , चेतन बोहरा र सपना बि.सी , २० गते गायिका सम्झाना लामिछाने , राज कुश्मी र सदिक्षा चौधरी र २१ गते गायक प्रमोद खरेल , रुबिना अधिकारी र सुनिल नेपालीको प्रस्तुती रहनेछ ।
यस्तै २२ गते राम जी खाड , टेक बि.सी र पुजा देवकोटा , २३ गते पशुपति शर्मा , मनिष खड्का , नबराज कलौनी , २४ गते गायिक प्रिती आले , आयुशा गौतम र अन्तिम दिन २५ गते अस्मिता अधिकारीले आफ्नो प्रस्तुती रहने आयोजक अत्तरिया उधोग वाणिज्य संघले जनाएको छ । यसका साथै हरेक दिन यस क्षेत्रका अन्य स्थानिय कलाकार र स्थानिय डान्स क्लबहरुको प्रस्तुति रहनेछ ।