अत्तरिया-हिन्दु नारिहरुको महान पर्व हरितालिका तिज आज अत्तरियामा पनि बिभिन्न कार्यक्रम गरि मनाईदै छ । तिजका अवसरमा अत्तरियामा रहेका शिव मन्दिर, दुर्गा मन्दिर , कृष्ण मार्केट र स्याउले बजारमा रहेको विश्वनाथ महादेव मन्दिरलगायत बजारका बिभिन्न ठाउँमा तिज बिषेश कार्यक्रम भईरहेका छन ।
अत्तरियामा रहेको शिव मन्दिरमा बिहानै देखि पुजाआजा गर्नेको भिड लागेको छ । हरितालिका तिजकै अवसरमा सचेतना आमा समुह , रिद्धिसिद्धि आमा समुह, न्यु प्रगतिशिल आमा समुहको आयोजना तथा गोदावरि नगरपालिका वडा न २ को सहयोगमा तिज विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
सचेतना आमा समुहका अध्यक्ष सारदा निरौलाको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अथिति गोदावरी नगरपालिकाका मेयर हरि सिं साउद रहेका थिए । यस्तै बिशिष्ट अथितिहरुमा गोदावरि नगरपालिकाका उपमेयर रत्ना कडायत , ब्रह्मकुमारी ईश्वरिय विश्व विद्यालयका संचालिका रविना दिदि रहनुभएको थियो ।
कार्यक्रममा पतंजलि योग समितिका अध्यक्ष दुर्गा प्रर्साइ , ब्रह्मकुमारी ईश्वरिय विश्व विद्यालयका संचालिका रविना दिदि, उपमेयर रत्ना कडायत , मेयर हरि सिं साउद लगायतका वक्ताहरुले सम्बोधन गरेका छन । रिद्धिसिद्धि आमा समुहका अध्यक्ष धना खनालको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा एभरेष्ट बैंकका प्रबन्धक राजु भुषालले संस्थाको सामाजिक उत्तरदायित्व उपहार अन्र्तगत गोदावरि नगरपालिका भित्र रहेका आर्थिक अवस्था एकदमै न्युन भएका १५ जना महिलाहरुलाई प्रतिव्यक्ति १/१ धोति वितरण गरेका थिए ।
तिज विशेष कार्यक्रममा, विभिन्न तिजगितमा नृत्य गर्नुका साथै रिद्धिसिद्धि आमा समुहको चेतनामुलक नाटक समेत प्रस्तुत गरिएको थियो ।
तिज गितलाई विकास संग जोडेर गाउन नगर प्रमुखको आग्रह
कार्यक्रममा बोल्दै गोदावरि नगरपालिकाका नगरप्रमुख हरि सिं साउदले तिज गितलाई विकाशसंग जोडेर गाउन सम्र्पुण हिन्दु नारिहरुलाई आग्रह गरेका छन ।
पछिल्लो समय तिजका नाममा निकै भड्किला शब्दहरु राखेर परम्परालाई अन्त्य गर्न खोज्नेहरुको जमात बढ्दै गएकाले यस्ता गितहरु नगाउन र नबजाउन नगर प्रमुख साउँदले आग्रह गरेका छन ।
आफ्नो रिति संस्कृति बचाउन हामी आफैबाट सुरु गर्नुपर्छ नगरप्रमुख साउँदले बताए । ‘पहिले पहिले तिज गितका भाका सुनौ सुनौ लाग्थे । सासु बुहारि ,दाजु बहिनिका दुख सुख का शब्दहरु समेटिएर बनेका हुन्थे’ नगरप्रमुख साउँदले भने – ‘पछिल्लो समय यि सबै गित हराउन थालेका छन ।’
उनले महिलाहरुले तिजको ब्रतमा महिलाहरुले पानी पनि नखानु गलत भएको बताए । आफ्नो स्वास्थ्यलाई ध्यानमा राखि ब्रत बस्न सम्र्पुण हिन्दु नारिहरुलाई नगरप्रमुख साउँदको सुझाव छ ।