अत्तरिया - नेपाली काँग्रेस कैलालीको जिल्ला अबिधेशन आज हुदैछ । पटक पटक मिति तोक्दै सर्दै आएको जिल्ला अधिवेशन आज हुन लागेको हो ।
जिल्लाको नयाँ नेतृत्वका लागि नेताहरु अन्तिम कसरतमा रहेका छन् । नयाँ नेतृत्वका लागि तीन वटा प्यानल चुनावी मैदानमा रहेका छन् । संस्थापन पक्षबाट दुई र इतर पक्षबाट एक प्यानल चुनावी मैदानमा उत्रिएका हुन् ।
हिजो भएको मनोनयन दर्तामा जिल्ला सभापतिमा तीन जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । संस्थापन पक्षका नारायणदत्त भट्ट र प्रकाशबहादुर बम तथा इतर पक्षबाट रामबहादुर कलेलको उम्मेदवारी परेको हो ।
यस्तै जिल्ला सभापतिमा दाबी गर्दै आएका नेता भीम बडुवाले संस्थापन पक्षबाट भट्टको प्यानलबाट उपसभापतिमा उम्मदेवारी दिएका हुन्।
उनको प्यानलाट उपसभापतिमा रामप्रशाद चौधरी, सचिवमा केशव मिश्र र अमृत बिसी, सहसचिवमा रामसमझ राना र कलेसु चौधरीले उम्मेदवारी दिएका छन्। यस्तै बम प्यानलबाट उपसभापतिमा खेमराज चौधरी र तेजशंकर भट्ट, सचिवमा नृप सुनार थर्क शाह, सहसचिवमा कृष्ण पाण्डेय र राजेन्द्र खड्काको उम्मेदवारी परेको छ।
यस्तै इतर पक्षको कलेल प्यानलबाट उपसभापतिमा यज्ञनिधि कोइराला र लोकराज पाण्डेय “आगो“, सचिवमा देवानन्द जैशी र नवराज जोशी, सहसचिवमा रविन्द्रप्रताप सिह र तीर्थराज जोशीको उम्मेदवारी परेको छ ।
निर्वाचन कार्यतालिका अनुसार ११ बजे देखि मतदान सुरू गरिने निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले जानकारी दिए । मतदानका लागि मतदानस्थल सारिएको छ । धनगढीको ओम प्यालेसमा मतदानस्थल बनाउने निर्णय गरेको भएपनि निर्वाचन समितिले कवर्ड हलमा सारेको हो ।