अत्तरिया - सुदूरपश्चिम प्रदेशमा युवा संस्था वीइ इन्सपायर नेपालले (we inspire nepal ) मिडिया साक्षरता सम्बन्धी अभियान सुरुवात गरेको छ । आइ.एफ.इस को साझेदारी र वीइ इन्सपायर नेपालको आयोजनामा सुदूरपश्चिम भरीको सबै क्षेत्रमा संचालन हुने मिडिया साक्षरता सम्बन्धी तालिम दिने अभियान बिहिबार अर्थात हिजोबाट पहिलो पटक अत्तरिया सुरु गरिएको हो ।
हिजो पहिलो दिन दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा र होलिलान्ड माबिर्मा र आज दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालय उक्त तालिम दिइएको सुदूरपश्चिम फोकल प्रसन जय धामीले बताए । उक्त तालिममा मिडिया साक्षरता , आउदै गरेको स्थानीग तहको निवार्चनलाइ लक्षित गरि निर्वाचनमा युवा र मिडियाको भुमिका बारे हिजो र आज गरी ५०० जना बिद्यार्थीलाइ प्रशिक्षण दिइएको हो ।
तालिमका प्रशिक्षक मनोज दाहाल, बसन्त भट्टराई, दिपशिखा सिह र बसन्ती धामी हुन । मिडिया साक्षरता सम्बन्धी अभियान सुदूरपश्चिम प्रदेशका सबै क्षेत्रका क्याम्पस, विद्यालय र सामुदायमा पनि संचालन हुने फोकल प्रसन जय धामीले जानकारी दिए । धामीका अनुसार तालिममा आउदै गरेका स्थानीय तहको निवार्चन युवाको भुमिका , मिडिया साक्षरता बारे जानकारी गराई मित्था सूचना, कु–सूचना, दुस्प्रचार, आलोचनात्मक सोच, द्धेशपूर्ण अभिव्यक्ति बारे प्रशिक्षण गराईने छ ।
अहिलेको समयका मिडियाका संलग्न हुदा नैतिक तरिकाले कसरी आफूहरुलाइ प्रस्तुत गर्ने , निवार्चनको समयमा मिडियाले सामाचार प्रसारण गर्दा सहि हो कि गलत हो त्यसको स्रोत के हो आलोचना गर्दा कसरी गर्ने भन्ने बिषयको बारेमा जानकारी गराइएको थियो । सहभागिलाई कुनै पनि किसिमका सूचनाहरुबाट सहि गलत छुट्टयाएर जिम्मेवार नागरिकरयुवाको भूमिका निर्वाह गरि सक्षम जनप्रतिनिधि छान्नमा प्रेरित गर्न उक्त तालिम दिइएको हो ।
‘मेरो मत मेरो भविश्य’, ‘हाम्रो लाई होइन राम्रो लाई’ भन्ने नारालाई आत्मासात गर्दै, सामाजिक प्रतिबद्धता जनाई निर्वाचन सम्बन्धि थप जानकारी निर्वाचन कार्यालयको आधारिक पेज र बेवसाइटबाट पाउन सकिने बारेमा जानकारी गराइएको थियो ।
वीइ इन्सपायर नेपालले (we inspire nepal ) वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनलाई सफल बनाउन जनप्रतिनिधि संग अन्तरक्रियात्मक कार्यक्रम, लगायतका अन्य युवा लक्षित कार्यक्रम देशै भरी सञ्चालन गर्ने बताइएको छ ।