अत्तरिया - कैलालीको अत्तरियामा आजवाट महोत्सव सुरु हुदैछ । सम्बृद्ध प्रदेशको आधार कृषि , पर्यटन र ब्यापार भन्ने मुल नाराका साथ आजवाट छैठो संस्करणको सुदूरपश्चिम प्रादेशिक महोत्सव सुरु हुन लागेको हो ।
अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा भैरहेको महोत्सव २५ गतेसम्म संचालन हुनेछ । महोत्सबको दिउँसो १ बजे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले उदघाटन गर्ने कार्यक्रम तय भएको छ ।
लामीताल परिसरमा संचालन हुने महोत्सब उद्धघाटन अघि बिभिन्न किसिमका संस्कृतिहरु झल्कने झाकीँ ,बजागाजाहरु, लगायत यहाँका संघसंस्थाहरु सबैको सहभागितामा पहिला अत्तरिया बजारमा ञ्याली निकालिने भएको छ ।
यस अघि लाखौ खर्च गरेर महोत्सब स्थलमा आवश्यक सम्पूर्ण तयार पुरा गरेपनि स्थगित गर्नुपरेपनि अहिले देशभर कोरोना संक्रमण दर घटेसैगै पुन महोत्सव संचालन गर्ने निर्णय गरिएको हो । सुरक्षालाई बिषेश ध्यान दिएर सिसि क्यामरा जडान गरिएको र थप आवश्यक परेमा ड्रोन क्यामरा मार्फत पनि निगरानि राखिने संघका अध्यक्ष अशोकराज देबकोटाले बताए ।
यस्तै कोरोनाका जोखिम कायमै रहेकाले टिकट काउन्टरमा निशुल्क मास्कको समेत ब्यास्था गरिएको उनको भनाई छ ।
महोत्सवमा सर्बसाधारणहरुलाई ५० र बिद्यार्धीहरुलाई ४० रुपैया टिकट दर तोकिएको छ भने शारिरिक रुपमा अपांगता भएका ब्यक्ति र जेष्ठ नागरिकहरुलाई परिचयपत्रका आधारमा निःशुल्क प्रबेशको व्यबस्था मिलाएको उधोग वाणिज्य संघले जनाएको छ ।
महोत्सबमा १ देखी लाख मानिसहरुले अबलोकन गर्ने अनुमान गरिएको छ भने डेढ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ ।