अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं २ मा नेपाली कांग्रेसले आफ्नो सक्रियता बढाएको छ । स्थानिय तह निर्वाचनलाई लक्षित गर्दै वडा कार्यासमितिले वडाभरि आफ्नो सक्रियता बढाएको हो ।
पार्टीको बिधान र निर्देशन अनुसार अहिले वडा कार्यसमितिले वडा नं २ मा रहेका बिभिन्न टोलहरु छनौट गर्दै टोल समिति गठनको कार्यलाई तिब्र रुपमा अगाडी बढाएको छ ।
केही दिन पहिले गौरीशंकर टोल र राधाकृष्ण टोेलमा टोल समिति गठन गरेको कांग्रेसले आज ५ वटा टोल छनौट गरी तेघरीको शान्ति टोलमा एक कार्यक्रमका विच १५ सदस्य टोल समिति गठन गरेको छ ।
आज एक कार्यक्रमका बिच लक्ष्मी भण्डारी देउवाको सभापतित्वमा १५ सदस्यिय टोल समिति गठन गरेको वडा सचिब लक्ष्मण बि.कले जानकारी दिए ।
जसको उप सभापतिमा दिर्घ बहादुर कुँवर , सचिबमा हर्केस बहादुर महरा , सह सचिव जानकी भट्ट र कोषाध्यक्षमा विष्ना देवी बोहरा चयन भएका छन् ।
यस्तै सदस्यहरुमा कल्पना पार्की , पार्वती देउवा , तिलक बहादुर मल्ल , मिन बहादुर देउवा , लाल बहादुर बोहरा , पदम बहादुर बलायर , नन्दा भट्ट , कमला महरा , मान बहादुर वली र निर्मला भट्ट चयन भएका छन् । उनीहरु सबै सर्वसम्मत चयन भएको वडा सचिब बि.कले बताए । यस्तै अन्य टोलहरुमा पनि समिति गठन कार्यलाई निरन्तरता दिइने उनले बताए ।