अत्तरिया - कैलालीको अत्तरियामा भोलीवाट महोत्सव सुरु हुने भएको छ । सम्बृद्ध प्रदेशको आधार कृषि , पर्यटन र ब्यापार भन्ने मुल नाराका साथ भोलीवाट सुरु हुने छैठो संस्करणको सुदूरपश्चिम प्रादेशिक महोत्सवको सम्पणू तयारी पुरा भएको छ ।
आयोजक अत्तरिया उद्योग बाणिज्य संघले आज संघको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै यहि फागुन १३ अर्थात भोली वाट २५ गतेसम्म संचालन हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पुरा भैसकेको जनाएको हो ।
महोत्सबको भोली दिउँसो एक भब्य समारोहका बिच संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले उदघाटन गर्ने कार्यक्रम तय भएको अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष असोक देवकोटाले जानकारी दिए ।
अत्तरिया स्थित पूर्वरोडमा रहेको लामीताल परिसरमा संचालन हुने महोत्सब यस अघि कोरोनाका कारण सम्पूर्ण तयारी पुरा भएको अबस्थामा एक दिन अघि मात्रै स्थगित गर्नुपरेको थियो ।
लाखौ खर्च गरेर महोत्सब स्थलमा आवश्यक सम्पूर्ण तयार पुरा गरेपनि स्थगित गर्नुपरेपनि अहिले देशभर कोरोना संक्रमण दर घटेसैगै पुन जिल्ला प्रशासन कार्यालय कैलालीसंगको अनुमतिमा यही फागुन ५ गते संघका पदाधिकारीहरुको बैठक बसेर पुन रोकिएको महोत्सव संचालन गर्ने निर्णय गरिएको अध्यक्ष देवकोटाले बताए ।
उनले एक हप्ताको छोटो अबधिमा पनि तयारी पुरा गरेर रोकिएको महोत्सबलाई निरन्तरता दिन र ब्यापार ब्यवासायलाई चलायमान बनाइराख्न महोत्सब संचालन गर्न लागिएको बताए ।
उनले सुरक्षालाई बिषेश ध्यान दिएर सिसि क्यामरा जडान गरिएको र थप आवश्यक परेमा ड्रोन क्यामरा मार्फत पनि निगरानि राखिने बताए । यस्तै कोरोनाका जोखिम कायमै रहेकाले टिकट काउन्टरमा निशुल्क मास्कको समेत ब्यास्था गरिएको उनको भनाई छ ।
पत्रकार सम्मेलनमा बोल्दै अत्तरिया उधोग वाणिज्य संघका संस्थापक अध्यक्ष बसन्त रोकाया ललितले महोत्सब एक प्रकारको पर्व नै रहेकाले यसलाई निरन्तरता दिनका लागि यस पटक पनि आयोजना गर्न लागिएको बताए ।
उनले उधोग वाणिज्य संघ स्थापना भएपछि अत्तरियामा बिभिन्न मुद्धाहरुको उठान गर्दै कार्याक्रमका प्रमुख अतिथीमाझ बिभिन्न किसिमका माग पत्रहरु पेश गर्दै आएको र यस पटक पनि पर्यटन मन्त्रीलाई माग पत्र बुझाइने बताए ।
उनले महोत्सबको आयोजना उधोग वाणिज्य संघले गरेपनि यो सबैको पर्व भएकाले सबैलाई आ आफ्नो क्षेत्रवाट साथ , सहयोग र सुझावहरु दिएर सम्पन्न गर्नुपर्ने धारणा राखे । उधोग वाणिज्य संघले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत यस पटक पनि महोत्सववाट उठेको केही रकम सामाजिक कार्यमा लगानी गर्ने भएको छ ।
उधोग वाणिज्य संघका अध्यक्ष देवकोटाले यस पटक महोत्सब हेर्नका लागि आएका ब्यक्तिहरुले काटेको टिकटवाट प्रति टिकट ५० पैसा रकम संकलन गरेर गोदावरीमा अस्थब्यस्त रहेको गोदावरी आर्यघाटको ब्यबस्थापनमा खर्च गरिने बताए ।
उनले संस्थाले आफ्नो सामाजिक काम अन्र्तगत गोदावरी आर्यघाट ब्यबस्थापनका लागि टिकटवाट रकम छुट्याएको बताए । महोत्सवमा सर्बसाधारणहरुलाई ५० र बिद्यार्धीहरुलाई ४० रुपैया टिकट दर तोकिएको छ भने शारिरिक रुपमा अपांगता भएका ब्यक्ति र जेष्ठ नागरिकहरुलाई परिचयपत्रका आधारमा निःशुल्क प्रबेशको व्यबस्था मिलाएको उधोग वाणिज्य संघले जनाएको छ ।
महोत्सबमा १ देखी लाख मानिसहरुले अबलोकन गर्ने अनुमान गरिएको छ भने डेढ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ ।