धनगढी -सुदुरपश्चिम कै अग्रणी संस्था नवजीवन सहकारी सस्थाको २८ औं वार्षिक साधारणसभाको तयारी तिब्र पारिएको छ । साधारण सभा मार्फत नयाँ कार्यसमिती समेत चयन हुने भएकाले चुनाबी सरगर्मी समेत बढेको छ । नयाँ नेतृत्वको लागी देबबहादुर बम र रतन कठायत प्यानल सहित चुनाबी मैदानमा उत्रिएका छन् । बमको समुहले आज आफ्नो प्यानल घोषणा गरेको छ ।
जसको उपाध्यक्षमा भरत राज जोशी रहेका छन् । यस्तै सदस्यहरुमा ईन्दिरा जैशी , गोपालराज पाठक ,गोमा अधिकारी , घन बहादुर शाह ,पदमराज सापकोटा ,प्रकाश जोशी , डा महेशराज बिष्ट रहेका छन् । यस्तै अन्य सदस्यमा माधब चौधरी ,रबी कुँवर ,बिस्वनाथ ओझा ,शिवकुमार फुलारा रहेका छन् ।
सोही समुहबाट लेखा समितीमा मदनराज ओझा ,गणेश प्रसाद उपाध्याय र स्वरस्वती कोली उम्मेदवार बनेका छन् । घोषणा सभामा बोल्दै अध्यक्षका उम्मेदवार बमले संस्थालाई नयाँ उचाईमा पुर्याउन आफ्नो समुहको उम्मेदवारी रहेको बताए ।
उनले आफ्नो समुहलाई सबै पार्टी , संघ संस्था र सबै शेयर सदस्यको समर्थन रहेको जिकिर गरे । नवजीवन सहकारी सस्था २०५० सालमा ९ जना शेयर सदस्यले शुरु गरेका हुन । हाल संस्थाका झन्डै ३० हजार शेयर सदस्य रहेका छन् । नयाँ कार्यसमिती चयनका लागी संस्थाको फागुन २८ गते निर्बाचन हुँदै छ ।