अत्तरिया -सरकार ले स्थानीय तहको निर्बाचन घोषणा गरेपछि गोदावरी नगरपालिकामा पनि राजनीतिक दलका प्रतिनिधिहरुले सकृयता बढाएका छन् । नेताहरुले सामान्य भेटघाट देखि चिया पसल सम्म बहस छलफल शुरु गरेका छन् । सबै दलहरू भित्र नगरपालिका का मेयर उपमेयर को हुने भन्ने बहस र आंकलन शुरु हुन थालेका छन् । यद्यपि केन्द्र को राजनीति ले ठोस आकार अझै नलिएको हुँदा अहिले नै केही भन्न गाह्रो हुने स्थानीय नेताहरूले बताउने गरेका छन् ।
गठबन्धन रहने,नरहने वा अर्को गठबंधन बन्ने कुनै टुंगो नरहेकाले स्थानीय स्तर मा अलमल जस्तै छ । गोदावरी मा मुख्यतय नेकपा एमाले र काङ्ग्रेस बिच प्रतिस्पर्धा हुने भएको छ । दुबै को संगठन वडा टोल सम्म नै बलियो नै रहेको छ । तर दुबै पार्टी का स्थानीय नेताहरु आफैं मा बिभाजित छन् ।
काङ्ग्रेसको वडा ,नगर अधिबेशन मा दुई धार मा बिभाजित भएका टिम अहिले पनि एक ठाउँ मा आउन सकेका छैनन । काङ्ग्रेस एक नेताका अनुसार अधिबेशन मार्फत जितेको टिम ले पार्टी मा सवैलाई समेट्ने भन्दा झनै दुरी बढाएको आरोप लगाए । यद्यपि काङ्ग्रेस का गोदावरी नगर सचिब अशोकराज देबकोटाले पार्टी भित्र एकता कायम राख्न पहल जारी रहेको बताए ।
यस्तै नेकपा एमाले भित्र पनि जिल्ला को अधिबेशन हुँदै नगरअधिबेशन सम्म आईपुग्दा पार्टी भित्र नेताहरु बिच दुरी बढेको छ । पार्टीका पुराना नेता मान बहादुर रावल , भान सिँ बिक देखि साबित्रा घिमिरे सम्म ले गोदावरी नगर कमिटी चयन प्रक्रिया प्रती आपत्ति जनाउँदै नगरको कार्यक्रम मा देखिएका छैनन् ।
तर एमालेका पुराना नेता महादेब भट्ट भने पार्टी भित्रको आन्तरिक द्वन्द ले चुनाब मा असर नपर्ने बताउँछन् । 'हो केही समस्या छन् , हामी मिलाउँदै छौ त्य्स्तो मिलाउनै नसक्ने समस्या पनि होइन,' भट्ट ले,' भने फेरि पनि एमाले एकताबद्ध भएर जान्छ , गोदावरीका १२ वटै वडामा एमाले नै बलियो पार्टी हो ।'
काँग्रेसमा मेयरको दाबेदार को हुन ?
काँग्रेसले यो पटक स्थानिय निकायमा आफ्नो जित पक्षमा पार्ने दाबी गर्दै आएको छ । गत निर्बाचनमा गोदावरी नगरपालिकामा हार ब्यहोरेको उसले यो पटक जसरी पनि जित्ने दाबी गर्दै आएको छ ।
गत निर्बाचना मेयरमा हारेका बिरेन्द्र भट्टलाई काँग्रेसले मेयरको रुपमा अगाडी सार्ने चर्चा शुरु भएको छ । भट्ट अनुकल कै टिम अहिले काँग्रेसको क्षेत्र र नगरको नेत्रित्वमा छ । त्यसैले पनि उनलाई टिकट लिन सहज हुने अनुमान गरिएको छ । यदपी काँग्रेसबाट नै सुरत कार्कीले पनि मेयरमा दाबी गर्ने बताएका छन ।
यस्तै काँग्रेसबाट नै मेयरमा हेमप्रकाश उप्रेती,पुष्पराज जोशी,खेम साउँदको पनि दाबी रहेको छ । काँग्रेसका अर्का नेता उत्तम कठायतको नाम भने प्रदेश सांसदको उम्मेदवार बन्ने चर्चा चलेको छ । काँग्रेसबाट टिकादत्त जोशीले पनि आफु प्रदेश साँसदको उम्मेदवार बन्ने बताए । उनले भने - मेरो चाहाना प्रदेशमा अब पार्टीको निर्णयमा भर पर्नेछ ।
नेकपा एमालेबाट को को हुन ?
स्थानिय निकायको सत्ता सम्हालेको एमालेमा पनि मेयरका आँकाक्षीको सँख्या बढ्दो छ । जिल्ला र नगर अधिबेशनबाट बाट दुई धारमा बिभाजित एमाले मा अहिलेका मेयर हरि सिं साउँद र नगरकमिटीका अध्यक्ष गोकर्ण भट्ट मुख्य दाबेदार रहेको स्रोतले बताएको छ । एमाले गोदावरीमा भट्ट र साउँद अहिले एउटै समुहमा रहेका छन् ।
जिल्ला अधिबेशन मार्फत जिल्ला कमिटीमा निर्बाचित भएका आनन्द भट्टले पनि मेयरको उम्मेदवार बन्ने आफु निकटका लाई भन्न शुरु गरेका छन । एमालेबाट मान बहादुर रावललाई प्रदेश सांसदको रुपमा अगाढी सारिने एमाले कै केही नेताहरुले बताएका छन ।
समाजबादी र माओबादीका उम्मेदवार ?
एमालेबाट अलग भएको नेकपा समाजबादी र नेकपा माओबादीले पनि नगरपालिका भित्रका बिभिन्न वडामा आफ्ना संगठन बिस्तार गरेको छ । काँग्रेस सँग गठबन्धन नभएपनी माओबादी र समाजबादी बिच गठबन्धन हुन सक्ने स्थानिय नेताहरुको बुझाई रहेको छ । माओबादीबाट उदब भट्टराई ,मेघराज भट्ट ,धर्म कुँवर मेयरमा उम्मेदवार बन्न सक्ने बुझिएको छ ।