अत्तरिया - नेपाली कांग्रेसका युवा नेता तपेन्द्र भूषालले नेपाली कांग्रेस कैलालीको आसन्न जिल्ला अधिबेशनमा सह सचिब पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । पटक पटक मिति तोकेर सर्दै आएको जिल्ला अधिबेशन यस पटक भने यही फागून १५ गतेका लागि तोकिएको छ ।
१५ गते हुने जिल्ला अधिबेशनका लागि आफूले सबैको शुझाव , सल्लाहको आधारमा जिल्ला सहसचिब पदमा उभ्यिाएको नेता भूषालले बताएका छन् ।
आज बिहान गोदावरी एफ एममा पत्रकार हेमराज भट्टसंग कुराकानी गर्दै उनले आफू यो पक्ष त्यो पक्ष भन्दा पनि पार्टीका केन्द्रिय सभापति शेर बहादुर देउवाको टिममा रहेको प्रष्ट पारे ।
पहिलो काम भनेको नेपाली कांग्रेसलाई कैलालीमा संगठनिक रुपमा बलियो बनाउने उनले बताए । उनले नेपाली कांग्रेसप्रति आम जनमानसको आशा र भरोषा बढाइ राख्न पहिला पार्टी भित्र कार्यकर्ताहरुलाई कांग्रेससंग जोड्ने काम गर्ने बताए ।
नेपाली कांग्रेसमा जिल्लाभरिका सबै समुदायका मानिसहरु , जातजातिका मानिसहरुको म जुन समुदायवाट प्रतिनिधित्व गर्दछु त्यो समुदायको पूर्ण सहभागिता र नेपाली कांग्रेससंग अहसमति राख्नेलाई कांग्रेसमा ल्याउने काम मैले गर्नेछु उनले भने पार्टी भित्र देखिने आन्तरिक कलहलाई चिर्दै सबैलाई एक ठाउँमा ल्याउने र एक ढिक्का बनाउने काम आफूले गर्ने उनको भनाई थियो ।
यस्तै उनले दोस्रो काम भनेको कांग्रेसको नेतृत्व तहमा रहने सबैलाई प्रशिक्षित गर्नका लागि बेला बेलामा प्रशिक्षण गर्ने काम गर्ने बताए ।
नेपाली कांग्रेससंग जोडिएका र जिल्ला मातहत रहने सबै समितिका पदाधिकारीहरुलाई कांग्रेस पार्टी के हो त , पार्टी गरेका कामहरु के के हुन्छ पार्टी र आफ्नो मिसन भिजनहरु प्रष्ट जनता माझँ राख्ने बनाउनका लागि प्रशिक्षणको एकदमै आवश्यकता रहेको आफूले महसुस गरेकाले अब आफूले नेतृत्व पाए जिल्ला नेतृत्व तहलाई यस बिषयमा जोड दिएर यो कार्यक्रमहरु अगाडी बढाउने उनले बताए ।
यस्तै तेस्रो काम भनेको जनता माझँ पार्टीका नेता कार्यकर्ताहरुलाई पारदर्शी बनाउनका लागि आफ्ना निर्भर हुने किसिमका कामहरु गर्न प्रेरित गरिने बताए । उनले पार्टीमा लागेपछि सबै समय पार्टीका लागि मात्रै दिएर नहुने बताउदै हप्ताका ७ दिन मध्ये ४ दिन आफ्ना लागि र ३ दिन पार्टीका लागि काम गर्न अब जरुरी रहेको बताए ।
उनले अब पार्टीका हरेक नेताहरु जो जनता माझँ जान्छन् सबै आफू पहिला आर्थिक रुपमा बलियो बन्नुपर्ने धारणा राखे । उनले तपाईहरुको जिवन कसरी चलिरहेको छ भन्दै भोली जनताले प्रश्न गर्ने ठाउँ नआउनदिनका लागि आजैवाट आफू पारदर्शीं रुपमा जनता माझँ खडा हुनका लागि आफूले गर्नुपर्ने सम्पूर्ण सुझाव , सल्लाह र यसका लागि अन्य ज्ञान सिपका कुराहरुलाई पनि जोड दिने बताएका छन् ।
यस्तै उनले अब आफूहरु जिल्लामा बलियो बनेर अगाडी बढेमा गत निर्वाचनमा कांग्रेस ब्यहोर्नुपरेको पराजयलाई अब कुनै हालतमा दोहरिन नदिने प्रतिबद्धता समेत जनाएका छन् ।