अत्तरिया - नेपाली कांग्रेसका युवा नेता नृप सुनारले आफू स्वभाविक उम्मेदवार रहेको बताएका छन् । आज बिहान गोदावरी एफ एममा पत्रकार हेमराज भट्टसंग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
नेपाली कांग्रेसको १४ औँ महादिवेशन अन्र्तगत यही फागून १५ गते हुने जिल्ला अधिबेशनमा जिल्ला कार्यसमतिको सचिब पदका उम्मेदवार रहेका सुनारले आफू सबैको साझा र स्वभाविक उम्मेदवार रहेको बताए ।
१४ औँ महादिवेशन अन्र्तगत कैलाली जिल्लाको प्रचार प्रसार समितिका संयोजक तथा वर्तमान जिल्ला कार्यसमितिका सदस्य समेत रहेका उनले पार्टी र पार्टीका बिभिन्न भातृ संघ संस्थाहरुमा रहेर आफूले गरेका कामहरुनै आफ्नो जित्ने आधार रहेको बताएका छन् ।
उनले आफू जिल्ला पार्टीको भातृ संगठन ने.वि.संघ , तरुण दलको बिभिन्न पदमा बसेर पाएको जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरेकाले यस पटक आफूलाई सबैले जिल्लाको महत्वपूर्ण सहयोग गर्ने र जित्नेमा आशावादी रहेको बताए । उनले बिगतमा आफूलाई थुप्रै अबसरहरु पाए पनि सबैलाई त्यागेर राजनितिमा केही सम्भावना देखेर आफू राजनितिमा लागेको बताए ।
'म यो पक्ष त्यो पक्ष भन्दैन , जहाँ पार्टीको नेतृत्व रहन्छ , पार्टी सभापति शेर बहादुर देउवाका टिम हुन्छ , म त्यही हुनेछु' उनले भने ।
उनले आफूले जिल्ला कार्यसमितिमा सदस्य पदमा रहेर ४ बर्ष काम समेत गरिसकेको र अब जिल्लामा पार्टीलाई कसरी अगाडी बढाउन सकिन्छ भन्नेमा आफसंग मिसन र भिजन रहेकाले यस पटक जिल्लाको सचिब पदमा आफूलाई बिजयी गराइदिन पार्टीका सम्पूर्ण नेताहरुमा आग्रह समेत गरेका छन् ।