अत्तरिया - कैलालीको अत्तरियामा नेपाली कांग्रेसको पार्टी कार्यालयको उद्धघाटन गरिएको छ । गोदावरी नगरपालिका वडा नं १ स्थित बनखेतमा भाडाको घरमा संञ्चालित कांग्रेस गोदावरी नगर समिति , प्रदेश ख र क्षेत्र नं ४ को पार्टी कार्यालयको आज संयुक्त रुपमा उद्धघाटन गरिएको हो ।
आज एक भब्य समारोहका बिच कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम् पूर्व मन्त्री एनपी साउँदले रिबन काटेर पार्टी कार्यालयको उद्धघाटन गरेका हुन् । यस अघि अत्तरियामा पार्टीको ब्यवस्थित कार्यालय थिएन् । अत्तरिया स्थित रिङ रोडमा एउटा साधुरो ठाउँमा पार्टी कार्यालय रहेकामा कुनै कार्यक्रम गर्न वा बैठक बस्नका लागि निकै समस्या हुने गरेको थिए ।
१४ औँ महादिवेशनवाट क्षेत्रिय सभापतिमा निर्वाचित युवा नेता बसन्त रोकाया ललित आएपछि पार्टीका कार्यहरुलाई चुस्त दुरुस्त बनाउनका लागि सबैको संगको सहकार्य र समन्व्यात्म भूमिका खेल्दै एउटा ब्यवस्थित पार्टी कार्यालयको स्थापना गरेका हुन् । अब पार्टीका हरेक गतिबधिहरु संचालन गर्न र पार्टीप्रतिका सम्पूर्ण कामकारबाही कार्यालयमै बसेर संचालन गर्न सहज हुने क्षेत्रिय सभापति रोकायाले बताए ।
उनले आफूले जुन सुकै संस्थाको नेतृत्व गरेपनि पहिलो काम संस्थाको एउटा निश्चत कार्यालय खोलेर कार्यालयवाट काम कारबाहीहरु अगाडी बढाउने रहेको बताए । उनले झोलामा राखेर कार्यालयहरु संचालन हुन नसक्ने बताउदै उनले कुनै पनि संस्था होस वा पार्टी संचालनका लागि पहिला त्यसको आफ्नो ठाउँ वा कार्यालय हुन आवश्यक रहेको बताए ।
रोकाया अत्तरियो उधोग वाणिज्य संघका संस्थापक अध्यक्ष समेत हुन् । उनकै पहलमा उधोग वाणिज्य संघले आफ्नो एउटा ब्यवस्थित कार्यालय बनाएको छ जुन अहिले निर्माणाधिन अबस्थामै रहेको छ ।
पार्टी कार्यालयको उद्धघाटन कार्यक्रममा कांग्रेसका जिल्ला , क्षेत्र , प्रदेश र नगरका नेता तथा कार्यकर्ताहरुको बाक्ला उपस्थिती रहेको थियो ।