अत्तरिया - नेपाली कांग्रेसका युवा नेता राजेन्द्र खड्काले पार्टीका भातृ तथा शुभेछुक संस्थाहरु चलायमान नहुदाँ पार्टी कमजोर भैहेको बताएका छन् । आज बिहान गोदावरी एफ एममा पत्रकार हेमरज भट्टसंग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
आसान्न नेपाली कांग्रेस कैलालीको जिल्ला अधिबेशनमा सह सचिब पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका नेता खड्काले पार्टीका भातृ तथा शुभेछुक संस्थाहरु चलायमान र बलिया नभए सम्म पार्टी मजबुत र बलियो बन्ने बताए ।
लामो समय शिक्षण पेशमा आबद्ध भई कांग्रेसका शुभेछुक संस्था नेपाल शिक्षक संघको जिल्ला तहमा रहेर काम गरिसकेको खड्काले आफूले पार्टीको जिल्ला नेतृत्व तहमा पुग्ने मौका पाए अहिले अस्तब्यस्त रहेको पार्टीको भातृ तथा शुभेछुक संस्थाहरुलाई जिल्लामा चलायमान बनाई मजबुत बनाउन आफ्नो पहिलो काम हुने बताए ।
"यदी मलाई योग्य ठानेर जिल्लाको नेतृत्व तहमा जाने मौका दिएमा म पहिलो बैठकमा आफ्नो स्पष्ट धारणा यही राख्छु उनले भने - "पहिला त यहाँका कांग्रेसका बिभिन्न भातृ तथा शुभेछुक संघसंस्थाका पदाधिकारीहरुलाई बोलाएर कसरी अगाडी बढ्न सकिन्छ भनेर ब्यापक छलफल गछौ , सभापतिलाई उनीहरुका बिचार , योजनाहरु १५ दिन भित्र पेश गर्नका लागि आग्रह गर्छु , त्यसै अनुसार पछि जिल्ला कार्यसमितिमा गहन छलफल गरेर एउटा स्पष्ट खाका र क्यालेन्डर बनाएर हामी अगाडी बढ्छौ ।"
उनले नेताहरु उत्पादक गर्ने स्वबियू चुनाब कुनै पनि क्याम्पसहरुमा हुन नसकेको प्रति दुख ब्यक्त गरे । उनले अहिले पार्टी भित्र थुप्रै गुटउपगुट भएपनि आफुले शिक्षक संघको जिल्ला उपाध्यक्ष हुदाँ शिक्षक संघमा कसैलाई काखा र पाखा नगरी सबैलाई मिलाएर एक ढिक्का बनाएर लगेको दाबी गरे ।
उनले अहिले देश संघियतामा गएपश्चात आफूहरुले हरेक वडा , नगर , प्रदेश , क्षेत्र र जिल्लामा शिक्षक संघका समितिहरु गठन गर्दै शिक्षक संघलाई चलायमान बनाइ पार्टीको एउटा महत्वपूर्ण बलियो खम्बाका रुपमा स्थापित गर्न सफल भएको बताए ।
उनले यसरी नै पार्टीका हरेक तह र तक्काहरु यसरी नै चलायमान बनाई पार्र्टीलाई मजबुत बनाई आगामी तिनै तहको निर्वाचनमा पार्टीलाई बहुमतका साथ बिजयी गराउन आफू प्रतिबद्ध भएर लाग्ने दाबी गरे ।
उनले पार्टीको आन्तरिक चुनाबमा भएका तिता मिठा कुराहरुलाई चुनाब सम्मका लागि समित राखेर आगामी यात्रामा सबैको सम्मानजन उपस्थितीमा एक ढिक्का भएर लाग्नु पर्ने धारणा राखे ।
उनले आफू यो पक्ष त्यो पक्ष भन्नु भन्दा पनि पार्टीका केन्द्रिय सभापति शेर बहादुर देउवाको टिमको उम्मेदवारी रहेको पनि स्पष्ट पारे । उनले अहिले आफू जिल्ला दौडाहामा गैरहदाँ सबैको साथ , सहयोग , समर्थन र हौसला पाइरहेकाले जिल्लाको आसन्न अधिवेशनमा आफ्नो जित सुनिश्चित जस्तै रहेको बताएका छन् ।