अत्तरिया - धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग विद्यालय स्तरीय अन्डर– १९ क्रिकेट प्रतियोगिता अन्तरगत चौंथो दिन सम्पन्न दुई वटा खेलमा होलिल्यान्ड इंगलिश स्कुल अत्तरिया र लिटल फ्लावर स्कुल धनगढी विजयी भएका छन्। संघीय प्रहरीको खेल मैदानमा सम्पन्न दिनको पहिलो खेलमा होलिल्याण्ड इंगलिश स्कुल अत्तरियाले शारदा सरस्वति स्कुललाई २ विकेटले पराजित र्गयो।
धनगढी स्थित संघीय प्रहरीको खेल मैदानमा सम्पन्न खेलमा होलिल्याण्डले शारदा सरस्वती स्कुल, दोधारा चाँदनीलाई २ विकेटले पराजित र्गयो। शारदा सरस्वतिले दिएको ७५ रनको लक्ष्य होलिल्याण्डले ८ विकेट क्षतिमा १६।२ ओभरमा भेटायो। होलिल्याण्डको लागि अभिषेक पालले सर्वाधिक २२ रन तथा संजय बोहराले अविजित १० रन बनाए।
शारदा सरस्वतिका बलर हेमन्त धामी, गणेश बिटालु र बिकाश सुनारले समान दुई विकेट लिए। यसअघि टस जितेर ब्याटिंग रोजेको शारदा सरस्वतिले १८।३ ओभरमा ७४ रनमा सम्पूर्ण विकेट गुमाएको थियो। खेलको प्लेयर अफ द म्याच सन्जय बोहरा चुनिए जसले दुई हजार रुपैयाँ प्राप्त गरे।
दिनको दोश्रो खेलमा आयोजक लिटल फ्लावर स्कुलले स्टेपिंग स्टोन धनगढीलाई ७१ रनले पराजित र्गयो। लिटल फ्लावरले दिएको १६३ रनको लक्ष्य पछ्याउने क्रममा स्टेपिंग स्टोनले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा ९१ रन मात्र बनाउन सक्यो।
स्टेपिंग स्टोनको ब्याटिंगमा आयुब चन्दले सर्वाधिक ३२ रन तथा बिशाल बिस्ट र भुपेश जोशीले समान १४ रन बनए। यसअघि टस हारेर ब्याटिंग गरेको लिटल फ्लावरले निर्धारित २० ओभरमा ८ विकेट क्षतिमा १६२ रन बनाएको थियो। खेलको प्लेयर अफ द म्याच सुवास ऐर घोषित भए।
प्रतियोगिता अन्तर्गत शुक्रबार पनि दुई खेल हुनेछन्। दिनको पहिलो खेलमा बिहान ९ बजे गुरुकुल र सत्यवती एकेडेमी तथा दोश्रो खेलमा दिउँसो १ बजे सैनिक आवासीय र होलिल्याण्ड प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा १० विद्यालय टिम सहभागी छन्।
सहभागी टिमहरुलाई ‘ए’ र ‘बी’ गरि दुई समुहमा बिभाजन गरिएको छ। प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।