अत्तरिया - गोदावरीमा काँग्रेसले संगठन बिस्तारलाई तिब्र पारेको छ । काँग्रेसका नेताहरु वडा वडामा पुगेर गाउँ टोल कमिटी गठन गरिरहेको छ । यसै क्रममा वडा नम्बर १ मा बिजयनगर २५ सदस्यीय टोल समिती गठन गरेको छ । आसन्न स्थानिय निर्बाचनमा वडा नम्बर १ मा जसरी पनि चुनाव जित्ने गरी समिती बिस्तारलाई तिब्र पारिएको एक नेताले बताए ।
गत स्थानिय तहको निर्बाचनमा वडा नम्बर १ मा संगठन बलियो भएपनी हार ब्यहोर्नु परेको उसको बुझाई छ । नगरपालिका भित्रका वडाहरुमा वडा समिती बिस्तारको लागी क्षेत्रिय सभापती बसन्त रोकाया ललित सहितको टिम जुटेको छ । काँग्रेसले आसन्न निर्बाचनलाई लक्षित गरेर नै उसले संगठन बिस्तारलाई तिब्र बनाएको हो ।
गोदावरी नगरपालिकामा आफ्नो जितलाई जसरी पनि पक्षमा पार्ने नेताहरुको भनाई रहेको छ । पार्टी अधिबेशनका क्रममा बिभाजित भएको काँग्रेस भित्र दुई धार अहिले पनि कायम नै रहेको छ । तर चुनाव सम्म एक ढिक्का भएर निर्बाचनमा होमिने पार्टीको योजना रहेको नेताहरुले बताएका छन ।
एमालेमा अलमलमा
स्थानिय सरकारको सत्ता सम्हालेको नेकपा एमालेले भने चुनाव लक्षित वडाहरुमा कुनै कार्यक्रम गर्न सकेको छैन । यदपी गोदावरी नगरपालिकाका प्रमुख एबमा एमाले प्रदेश कमिटीका सदस्य हरि सिं साउँद नगरपालिका कै बिभिन्न कार्यक्रममा वडामा पुग्ने गरेका छन ।
जिल्ला र नगर अधिबेशनबाट बाट दुई धारमा बिभाजित एमालेका नेताहरुको दुरी यँहा अझै घटेको छैन । जसका कारण गाउँ गाउँ सम्म एमालेको टिम अझै नखटेको नेताहरुको बुझाई रहेको छ । नेकपा एमाले नगरकमिटीका सचिब जिबन शाहले पार्टीका काम भईरहेको बताए ।
'नगरको प्रथम बैठक पनि बस्न सकेको छैन, अध्यक्ष जि छोरीको बिहेको लागी काठमान्डौ मा हुनुहुन्छ , उँहा फर्किने बित्तिकै हाम्रो कार्ययोजना बन्छ होला,' शाहाले भने 'निर्बाचन केन्द्रित कार्यक्रम सबै बसेर बनाउँछौ । पार्टी भित्रको आन्तरिक द्वन्धले नि अलि अलि असर परेको देखिएको छ , त्यो हामी मिलाउँदै छौं ।'