अत्तरिया - नेपाली कांग्रेसका युवा नेता प्रेमराज भट्टले कैलालीमा सबल र सक्षम कांग्रेस बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
यही फागुन १५ गते हुन गैरहेको जिल्ला अघिवेशनमा जिल्ला सदस्य पदका उम्मेदवार रहेका भट्टले आज बिहान गोदावरी एफ एममा पत्रकार हेमराज भट्टसंग कुराकानी गर्दै यस्तो बताएका हुन् ।
उनले पहिला कांग्रेसका नेताहरु आफूमा सक्षम हुनुपर्ने बताए । उनले अब राजनितिमा लाग्ने हरेक युवाहरु ब्यवसायीक रुपमा अगाडी बढेर पहिला आफु सक्षम हुनुपर्ने बताए । उनले आफुले हिजोका दिनमा सानो रकमवाट सुरु गरेको व्यबसायले आज थोरै भएपनि सफलता मिलेको भन्दै अब जिल्लामा कांग्रेसका हरेक नेताहरु ब्यवसायीक र आर्थिक रुपमा सक्षम हुनुपर्ने बताए ।
"हामी राजनितिमा लाग्छौ , तर हाम्रो आम्दानीको स्रोत केही पनि हुदैद , सधै सहयोग मागेर मात्रै चल्दैन अब हामी सबै आफैमा सक्षम हुनुपर्छ उनले भने भोली नेताहरुले भष्ट्रचार गरे , यति पैसा खाए उती पैसा खाए भन्ने आरोपहरु लाग्छन् , तर हामी अहिलेवाट सजक हुनुपर्छ । समाज परिर्वतनका लागि आफु राजनितिमा आएको उनको भनाई थियो ।"
आफू अहिले कुनै टिमको उम्मेदवार नभएको बताउदै उनले पार्टी सभापति शेर बहादुर देउवाको टिम जुन बन्छ आफु पनि त्यही टिममा रहने बताए । उनले आफू जिल्ला दौडमा रहेका बेला सबैको साथ , सहयोग र हौसला पाइरहेकाले आफ्नो जित निश्चित रहेको बताए ।
आफूले जिल्ला सदस्यमा जितेमा नेतृत्वकर्तालाई बारम्बार झकझकाई कैलाली जिल्लामा बलियो , सबल र सक्षम कांग्रेस बनाउनका लागि आफु लाग्ने उनले प्रतिबद्धता जनाए । "कहिले काही नेतृत्वकर्ताको कमीकजोरी हुन सक्छ हामी त्यस तर्फ निरन्तर खबरदारी गर्नेछौ उनले भने -" भएका गल्ती कमीकमजोरीहरुलाई सुधार गर्दै अबको स्थानिय , प्रदेश र केन्द्रको निर्वाचनमा कांग्रेसलाई बहुमतका साथ बिजयी गराउनमा लाग्छौ ।"
उनले कामको मूल्याङकनका आधारमा आफूलाई उपयुक्त र योग्य ठानेमा भोट दिएर जिल्ला सदस्यमा बिजयी गराउन सम्पूर्ण कांग्रेसका क्षेत्रिय प्रतिनिधिहरुमा अनुरोध गरेका छन् ।