अत्तरिया - कैलालीको अत्तरियामा रहेको गोदावरी एफ एमले हरेक बर्ष झै यस बर्षपनि हिन्दु महिलाहरुको महान चार्ड हरितालिका तिज भब्यताका साथ मनाएको छ । एफ एमले क्युेक्स डान्स स्टुडियोको सह आयोजनामा शनिवार अत्तरिया स्थित बस पार्क अगाडी ‘तिज उत्सब तथा नृत्य प्रतियोगिता २०७६’ सम्पन्न गरेको हो ।
गोदावरी एफएमकी निर्देशक डम्मरी उपाध्यायको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा सुदुरपश्चिम प्रदेश सांसद चुनकुमारी चौधरी प्रमुख अतिथी रहनुभएको थियो । बिशिष्ट अतिथीमा सुदुरपश्चिमकि देउडा गायिका डिक्रादेवी बादी र पदमा अस्पतालका प्रबन्ध निर्देशक डा. नरबहादुर मौनी रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रदेश सांसद चुनकुमारी चौधरीले महिला दिदिबहिनीहरुको महान चार्ड तिजको अबसरमा सबैलाई शुभकामना दिइन् । उनले संचार क्षेत्रवाट महिलाहरुको बन्द आबाजलाई सदैव उठान गर्दै आएको एफएक परिवारले हरेक बर्ष महिलाहरुको महान चार्ड तिजलाई मनाउदै आएकोमा धन्यवाद समेत दिइन् । यस्तै उनले तिजलाई पछिल्लो समय महिला दिदिबहिनीहरुले आफ्नो संस्कृती भन्दा बाहिर रहेर केहि तडक भडकका साथ मनाउन थालेकाले आफ्नो धर्म , कला , संस्कृति र परम्परालाई जोगाइ राख्न मौलिक रुपमा तिज मनाउन सबैमा आग्रह गरिन् ।
एक फरक प्रशंगमा सांसद चौधरीले प्रदेशको स्थायी राजधानी गोदावरी बाहेक अन्त कतै नजानेमा सबैलाई ढुक्क हुन आग्रह गरिन् । ‘सुदुरपश्चिम प्रदेशको स्थायी राजधानी यस क्षेत्रमा हुन्छ , तपाईहरु ढुक्क भएर बस्नुहोस’ उनले भनिन् । उनले केहि कानुनी बाधा अड्चनले गर्दा राजधानी निर्माणको प्रकृया केहि ढिलो भएपनि अब त्यसै ठाँउमा राजधानी बन्ने र त्यसका लागि आवश्यक पर्ने संरचनाहरुको डिपिआर लगाएतका काम छिट्टै हुने बताइन् । गोदावरी एफएमकी निर्देशक डम्मरी उपाध्यायले कार्यक्रमलाई भब्य र सभ्य रुपमा सफल पार्न सहयोग गर्ने सहयोगी दाता तथा एफ एमका शुभचिन्तकहरुलाई धन्यवाद दिइन् ।
‘तिज उत्सब तथा नृत्य प्रतियोगिता २०७६’ मुख्य प्रयोजक शैलेश्वरी सुनचादी गहना पसल रहेको थियो । सह प्रयोजकमा एन.सि.सि बैंक अत्तरिया , दिब्य महालक्ष्मी सन सुन चादी गहना पसल अत्तरिया ,नवजिवन सहकारी संस्था लि. अत्तरिया रहेका थिए ।
यस्तै प्रायोजकहरुमा बि एण्ड बि गार्मेन्ट अत्तरिया ,गड्तोला सप्लार्यस अत्तरिया , मिलन सुनचादी गहना पसल अत्तरिया , श्रीकृष्ण मार्केट अत्तरिया , पदमा अस्पताल अत्तरिया , बाशुगिङ एग्रोभेट अत्तरिया , श्री माता गौरी टे्रड एण्ड सप्लार्यस अत्तरिया ,सस्तो बेबी सप अत्तरिया , आशुतोष इन्टरप्राइजेज अत्तरिया र नव दुर्गा सुनचादी गहना पसल अत्तरिया रहेको थिए । एफ एमले यो छैंठो सस्करणको तिज कार्यक्रम सम्पन्न गरेको हो ।