अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं २ तेघरीमा नेपाली कांग्रेसको टोल समिती गठन गरिएको छ । नेपाली कांग्रेस वडा नं २ को आयोजनामा मंगलबार स्थानिय तहको निर्वाचनलाई लक्षित टोल समिती गठन गरिएको हो ।
तेघरीमा रहेको गौरीशंकर टोल र राधाकृष्ण टोलमा गरिएको टोल समिती गठनमा गौरीशंकर टोलका युवा नेता सालिभान साउँदको सभापतित्वमा १५ सदस्यीय टोल समिती गठन गरिएको हो । जसको उप सभापतिमा शोभा बोगट , सचिबमा रघुनाथ जोशी र सहसचिबमा गणेश बि.क र कोषध्यक्षमा हरि प्रसाद भट्ट चयन भएका छन् ।
यसैगरि सदस्यहरुमा बसन्ती सुनार , नरपता बि.क , अर्जुन बि.क , जय बि.क , शिवराज पाण्डे , पूर्ण बि.क , श्याम बहादुर बि.क , पार्वती साउँद र पार्वती जोशी रहेका छन् । वडा सभापति धनराज जोशीको सभापतित्वमा भएको टोल समिती गठन कार्यक्रममा महादिवेशन प्रतिनिधि तथा कांग्रेसका पुराना नेता पदमराज जोशी प्रमुख अतिथी रहेका थिए भने ।
महादिवेशन प्रतिनिधि यज्ञ बहादुर महरा र वडा नं २ का जनप्रतिनिधि सदस्य कमल कडायत बिशिष्ट अतिथी रहेका थिए ।
सर्वसम्मत चयन भएको टोल समितीका पदाधिकारीलाई टिक लगाएर सभापति , प्रमुख अतिथी र बिशिष्ट अतिथीले टिका लगाएर बधाई दिएका थिए । साथै सम्पूर्णलाई अबको निर्वाचनमा आफ्नो टोलमा जिम्मेवारी पूर्वक काम गर्न समेत आग्रह गरिएको छ ।