अत्तरिया - कैलालीको गोदावरी नगरपापलिका सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी तोकिएको नगरपालिका हो । २०७५ असोज १२ गते बसेको सुदूरपश्चिम प्रदेश सभा दोस्रो अधिवेशनको ४५ औँ बैठकले गोदावरी नगरपालिकाको वार्ड नं २ र ४ को तेघरीलाई प्रदेशको स्थायी राजधानी बनाउने निर्णय गरेको थियो ।
गोदावरी नगरपालिकामा १२ वटा वडा रहेका छन् । २० बर्ष पछि पहिलो पटक भएको स्थानीय तहको निर्वाचन २०७४ गोदावरी नगरपालिकमा १० वटा राजनितिक दलहरुले सहभागिता जनाएका थिए । १० वटै दलवाट नगरपालिकाको मेयर र उपमेयरमा उम्मेवारी दिएका थिए । तर सो निर्वाचनमा गोदावरी नगरपालिकामा नेकपा एमाले कब्जा जमाएको थियो ।
मेयरमा नेकपा एमालेका हरिसिंह साउद ९ हजार ८ सय ७० मत प्राप्त गरि बिजयी भएका थिए । उनले आफ्ना निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका वीरेन्द्र भट्टलाई पराजित गरेको हुन् । नेपाली कांग्रेसका नेता वीरेन्द्र भट्टले ८ हजार ४ सय ५७ मत प्राप्त गरेका थिए ।
यस्तै उपमेयरमा एमालेकै रत्ना कडायत १० हजार २५ मतका साथ विजयी भएकी थिइन् । उनले आफ्ना निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी भगवती ओझा पाठकलाई पराजित गरेकी थिइन् । उपमेयरकी उम्मेदवार कांग्रेसकी पाठकले ८ हजार ९ सय ७२ मत प्राप्त गरेकी थिइन् ।
यस्तै नेकपा मओवादी केन्द्रवाट मेयर पदका उम्मेदवारी गार्कण भट्टले ६ हजार ४ सय ८१ मत पाएका थिए भने माओवादी केन्द्रवाटै उपमेयरका उम्मेदवार शोेभा थारुले ५ हजार २ सय ७८ मत पाएका थिए ।
मेयर र उपमेरका उम्मेदावरहरुले प्राप्त गरेको मतपरिणाम
१. नेकपा एमाले
हरि सिं साउँद ९ हजार ८ सय ७० मत
रत्ना कडायत कडायत १० हजार २५ मत
२ . नेपाली कांग्रेस
विरेन्द्र भट्ट ८ हजार ४ सय ५७ मत
भगवती ओझा पाठक ८ हजार ९ सय ७२ मत
३. नेकपा माओवादी केन्द्र
गोर्कण भट्ट ६ हजार ४ सय ८१ म्त
शोेभा थारु ५ हजार २ सय ७८ मत
४ .राप्रपा
चन्द्र बहादुर सिंह ७ सय ३२ मत
नर्पता देवी बि.क ९ सय १८ मत
५ .राष्ट्रिय जनमोर्चा
शेर बहादुर लुहार ५ सय २३ मत
कुन्ती देवी पाण्डे ७ सय ८ मत
६ .मधेसी जनाधिकार फोरम नेपाल लोकतान्त्रिक
शारदा कुमारी साउँद २ सय ६५ मत
मणिराम चौधरी २ सय ४० मत
७ .नेपाल कम्युष्टि पाटी संयुक्त
दल बहादुर दमाई ७५ मत
८ .नेपाल परिवार दल
प्रकाश बि.क ९ मत
कलावती साउँद १७ मत
९ .नेपाल दलित पार्टी
कमला देवी सुनार १८ मत
प्रेम बहादुर बिक १८ मत
१०. नयाँ शक्ति पार्टी नेपाल
रमेश बहादुर थापा मगर ८३ मत
उप प्रमुखमा संघिय समाजवादी फोरम नेपालवाट चन्द्रा कुमारी बादीले ८१ मत प्राप्त गरेकी थिइन् ।
वडागत आधारमा राजनीतिक दलहरूले पाएको मत परिणाम यस्तो छ..
वडा नं १
वडा नं १ को अध्यक्षमा अहिले नेकपा एमालेमा प्रवेश गरेका माओवादी केन्द्रका शर्मानन्द भट्ट ९ सय ९३ मतका साथ विजयी भएका थिए । उनले आफ्ना प्रतिद्धन्दी नेकपा एमालेका लक्ष्मीराज पन्तलाई पराजित गरेका हुन् । पन्तले ८ सय ३३ मत प्राप्त गरेका थिए ।
वडा नं २
वडा नं २ को अध्यक्षमा नेकपा एमालेमा कृष्णराज जोशी ९ सय ७९ मतका साथ विजयी भएका थिए । उनले आफ्ना प्रतिद्धन्दी नेपाली कांग्रेसका यज्ञ बहादुर महरालाई पराजित गरेका हुन् । महराले ८ सय ७२ मत प्राप्त गरेका थिए ।
वडा नं ३
वडा नं ३ को अध्यक्षमा नेकपा एमालेमा मोहोन खत्री १ हजार ३४ मतका साथ विजयी भएका थिए । उनले आफ्ना प्रतिद्धन्दी नेपाली कांग्रेसका बिर बहादुर भाटलाई पराजित गरेका हुन् । भाटले ८ सय १ मत प्राप्त गरेका थिए ।
वडा नं ४
वडा नं ४ को अध्यक्षमा नेकपा एमालेकै प्रेम बहादुर भण्डारी ९ सय ४४ मतका साथ बिजयी भएका थिए । उनले आफ्ना प्रतिद्धन्दी नेपाल काग्रेसका प्रेम सिं काडायतलाई पराजित गरेका हुन् । कडायतले ९ सय ९ मत प्राप्त गरेका थिए ।
वडा नं ५
वडा नं ५ को अध्यक्षमा नेकपा एमालेकै कर्ण बहादुर बोहरा ९ सय ९७ मतका साथ बिजयी भएका थिए । उनले आफ्ना प्रतिद्धन्दी नेपाल काग्रेसका चेतराज भट्टलाई पराजित गरेका हुन् । भट्टले ६०५ मत प्राप्त गरेका थिए ।
वडा नं ६
वडा नं ६ को अध्यक्षमा नेपाल काग्रेसका बिर बहादुर चोखाल ९ सय ६७ मतका साथ बिजयी भएका थिए । उनले आफ्ना प्रतिद्धन्दी नेकपा एमाले जग्गुराम चौधरीलाई पराजित गरेका हुन् । चौधरीले ८ सय ९३ मत प्राप्त गरेका थिए ।
वडा नं ७
वडा नं ७ को अध्यक्षमा नेपाली कांग्रेसका हेमरा ओझा ६ सय ६८ मतका साथ बिजयी भएका थिए । उनले आफ्ना प्रतिद्धन्दी नेकपा एमालेकी कलाबती साउँदलाई पराजित गरेका हुन् । साउँदले ५ सय ९२ मत प्राप्त गरेका थिए ।
वडा नं ८
वडा नं ८ को अध्यक्षमा नेपाली कांग्रेसका नरेश अधिकारी ७ सय ८४ मतका साथ बिजयी भएका थिए । उनले आफ्ना प्रतिद्धन्दी नेकपा एमालेका खडक बहादुर चौधरीलाई पराजित गरेका हुन् । चौधरीले ६ सय ६९ मत प्राप्त गरेका थिए ।
वडा नं ९
वडा नं ९ को अध्यक्षमा नेकपा एमालेका लहानु चौधरी ८ सय ४० मतका साथ बिजयी भएका थिए । उनले आफ्ना प्रतिद्धन्दी नेपाली कांग्रेसका रामलाल रानालाई पराजित गरेका हुन् । रानाले ७ सय २५ मत प्राप्त गरेका थिए ।
वडा नं १०
वडा नं १० को अध्यक्षमा नेपाली कांग्रेसका रविन्द्र शाही ९ सय १५ मतका साथ बिजयी भएका थिए । उनले आफ्ना प्रतिद्धन्दी एमालेका डबल बहादुर कामीलाई पराजित गरेका हुन् । कामीले ६ सय २६ मत प्राप्त गरेका थिए ।
वडा नं ११
वडा नं ११ मा एमालेका हाल नेकपा एकिकृत समाजवादीका शिव बहादुर बि.क ६ सय ८१ म्तका साथ बिजयी भएका थिए । उनले नेपाली कांग्रेसका प्रेम सिं बडैलालाई पराजित गरेका हुन् । बडैलाले ६ सय २० मत प्राप्त गरेका थिए ।
वडा नं १२
वडा नं १२ को अध्यक्षमा नेपाली कांग्रेसका भिम बहादुर खड्का ४ सय २७ मतका साथ बिजयी भएका थिए । उनले नेकपा एमालेका गम मिजारलाई पराजित गरेका हुन् । मिजारले ३ सय २६ मत प्राप्त गरेका थिए ।