अत्तरिया - नेपाली कांग्रेस कैलालीको जिल्ला अधिबेशन यही फागुन १३ गते हुदैछ । सुदूरपश्चिमको राजधानी समेत रहेको कैलालीको जिल्ला अधिबेशनको मिति नजिकिदै जादाँ अहिले फेरि काग्रेसको महोल तातेको छ । पटक पटक मिति तोक्ने र सार्ने गरेका कारण केही समय तात्ने महोल बिचमा सुस्ताउने गरेको थियो ।
अधिबेशनका लागि अहिले धमाधम उम्मेदवारी घोषणा भैरहेको छ । उम्मेदवारहरुले अहिले सामाजिक संजाल मार्फत आफ्नो उम्मेदवारी घोषणा गर्र्दै जिल्ला दौडाहामा रहेका छन् । यसैबिच यता कैलाली क्षेत्र नं ४ वाट जिल्लाको उप सभापतिका लागि २ जनाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । यस क्षेत्रका दुई युवा नेताले यस अघि तोकिएको मितिमा नै आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।
बिधार्थीकाल देखी नै राजनितिमा संक्रिय रहेका युवा नेता लोकराज पाण्डे आगो र अर्का युवा नेता प्रकाश देउवाले १४ औँ महादिवेशन अन्र्तगत यही फागुन १३ गते हुन गैरहेको जिल्ला अधिवेशनमा उपसभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
ने.वि संघको बिभिन्न नेतृत्व सम्हालेका युवा नेता आगो पूर्व क्षेत्रिय सचिब हुन् भने अर्का युवा नेता देउवा महादिवेशन प्रतिनिधि हुन् । युवाहरुको नेतृत्व गर्दै कांग्रेसलाई जिल्लामा सुद्धढ र बलियो बनाउनका लागि आफूहरुको उम्मेदवारी रहेको दुवै नेताहरुले बताएका छन् ।
अधिवेशनको मिति नजिकिदै गएकाले अहिले आफू जिल्ला दौडाहामा रहेको उपसभापतिका उम्मेदवार लोकराज पाण्डे आगोले बताए । उनले जिल्लामा सबै नेता तथा कार्यकर्ताहरुको भेटमा आफ्नो जित निश्चित जस्तै रहेको बताए ।
"अब पार्टीका नेता कार्यकर्ता संगै आम नागरिकहरुले काग्रेसमा युवा पुस्ताको नेतृत्व चाहिरहेका छन् , जसको परिणाम त केन्द्रिय महादिवेशनले पनि देखाएको छ " उनले भने - " केन्द्रमा युवाहरुको नेतृत्व आएसंगै अब जिल्लामा पनि त्यस्तै नेतृत्व आउनुपर्छ भन्ने सबैको धारणा रहेको मैले पाएको छु । "
आगो नामले परिचित उनलाई सुदूरपश्चिमभर नचिन्ने कामै मात्र होलान् । उनी सुदूरपश्चिम प्रदेशमा कुनै पनि मुद्धाका बिषयमा आन्दोलन , नाराबाजी , जुलुस निकाल्नुपर्दा अंग्रपङ्तीमा रहेर खटिने गर्दछन् । उनले यस अघिको पार्टीको अधिबेशनमा पनि बिभिन्न पदहरुमा आफ्नो उम्मेदवारी दिएर चुनाब लडेका थिए ।
उनले कांग्रेसका अग्रज नेताहरुको सुझाव , सल्लाह र हौसला तथा युवाहरुको समर्थनले आफु जिल्लाको नेतृत्वमा पुग्न सक्ने भएकाले सबैलाई साथ र सहयोग गरिदिन आग्रह गरे । यस्तै अर्का युवा नेता देउवाले कैलाली जिल्ला ठूलो जिल्ला भएकाले सबैको साथ सहयोग पाए मात्रै जित हुने भएकाले सबैलाई सहयोग गरिदिन आग्रह गरे ।
उनले आफूले जिल्लाको नेतृत्वमा पुग्ने अबसर पाएमा कैलाली जिल्लालाई कांग्रेसमय बनाउन र अगामी दिनहरुमा नजिकिदै गरेको स्थानिय , प्रदेश र संघ गरि तिनै तहको निर्वाचनमा जिल्लाका सबै ठाउँमा काग्रेसलाई बहुमतका साथ बिजयी गराउन लाग्ने बताए ।