अहिले विश्वमा कोरोना भाईरसको संक्रमण दर ओरालो लागेको छ । विश्वभर थपिने संक्रमितभन्दा निको हुनेको संख्या बढ्न थालेको हो । पछिल्लो साता कोरोना संक्रमित हुनेभन्दा निको हुनेको दैनिक संख्या बढ्दै गएको छ ।
पछिल्लो २४ घण्टाको अबधिमा मात्रै १४ लाख ८१ हजार ९८१ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १८ लाख ५० हजार २१७ जना निको भएका छन् ।
थपिनेमा सबैभन्दा धेरै रुसमा एक लाख ९७ हजार जना छन् । त्यसैगरी जर्मनीमा एक लाख ८ हजार, फ्रान्समा ८६ हजार, टर्कीमा ७३ हजार, ब्राजिलमा ५७ हजार, इटलीमा ५१ हजार, बेलायतमा ४१ हजार र अमेरिकामा ३१ हजारमा संक्रमण पुष्टि भएको हो ।
निको हुनेमा सबैभन्दा धेरै ब्राजिलमा २ लाख १५ हजार, इटलीमा एक लाख ९ हजार, फ्रान्समा एक लाख ८ हजार, रुसमा एक लाख एक हजार, बेलायतमा ९८ हजार, अमेरिकामा ७७ हजार, टर्कीमा ७० हजार र जर्मनीमा ५७ हजार जना छन् ।
मृत्यु हुनेहरुमा सबैभन्दा धेरै रुसमा ७०६, बेलायतमा ४६७, ब्राजिलमा ३२५, टर्कीमा २७६, इटलीमा १९१, बेलायतमा ५२ जना र जर्मनीमा ४७ जना छन् ।
यस्तै कोरोनावाट मृत्यु हुनेको संख्या पनि घट्न थालेको छ । पछिल्लो एक दिनमा ५ हजार ४४९ जना संक्रमितको मृत्यु भएको छ ।