अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाले करारमा मागेका कर्मचारीहरुको टुङ्गो लगाएको छ । नगरपालिकाले पहिलो पटक ठूलो संख्यामा मागेको स्वास्थ्य तर्फका करारका कर्मचारीहरुको आज अन्तिम टुङ्गो लगाएको हो ।
नगरका बिभिन्न स्वास्थ्य संस्था तथा शहरी स्वास्थ्य क्लिनिकहरुमा अभाव रहेका स्वास्थ्यकर्मी तथा कम्यूटर अपरेटरमा छनौट भएका ३५ जनाको नाम आज सार्वजनिक गरेको हो । आवेदन फाराम भरेको निकै ढिलो गरी सुरुमा सर्टलिष्ट निकालिएको थियो ।
त्यसपछि सर्टलिष्टमा परेकाहरुको प्रयोत्मक परीक्षा र अन्र्तवार्तावाट छनौट भएका ३५ जनाको नाम आज सार्वजनिक भएको हो । नगरपालिकाले ०७८ साल पौष मसान्त सम्म काम गर्ने अबधि राखेर बिभिन्न ९ पदका लागि २०७८ साउन ४ गते ३५ जना कर्मचारी माग गर्दै आवेदन दिन आह्वान गरेको थियो । तर काम गर्ने अबधि सकिएको एक महिनापछि आज कर्मचारीहरुको टुगाें लगाएको हो । नगरपालिकाले फार्मेसी सहायक , रिसेप्सनलिष्ट , ल्याब असिस्टेण्ट , अहेब , अनमी , सहायक कम्युटर अपरेटर , भ्याकु लोडर सह चालक , कार्यालय सहयोगी र स्वीपर माग गरेको थियो ।
नगरपालिकाले मागेको कर्मचारीहरुमा सबै भन्दा बढी सहायक कम्युटर अपरेटरका लागि आवेदन परेको थियो । नगरपालिकाले ७ जना सहायक कम्युटर अपरेटर माग गरेकोमा ३ सय ९८ जनाले आवेदन फाराम भरेका थिए ।
त्यसपछि कार्यालय सहयोगीमा ५ जना माग गर्दा ३ सय १४ जनाले आवेदन दिएका थिए । यस्तै एक जना फार्मेसी सहायक माग गरेकोमा १५ जना , एक जना रिसेप्सनलिष्ट माग गरको ८५ जना , ५ जना ल्याब असिस्टेण्टका माग गरेकोमा १ सय ६८ जना , ५ जना अहेब माग गरेकोमा १ सय ९३ जना , ७ जना अनमी माग गरेकोमा १ सय ५४ जनाको आवेदन परेको छ ।
यस्तै १ जना भ्याकु लोडर सह चालक मागेकोमा १३ जना र ३ जना स्वीपर माग गरेकोमा २९ जनाले आवेदन फाराम भरेका थिए ।
छनौट भएका कर्मचारीहरुको नामहरु हेर्नुस...



