अत्तरिया - नेपाली कांग्रेस गोदावरी नगरपालिका वडा न २ को कार्यालयको उद्घाटन गरिएको छ । वडा न २ को खानेपानी नजिकै तेघरीमा स्थापना गरिएको वडा कार्यलयको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी नेपाली काङ्ग्रेसका महासमिति सदस्य भगवती पाठक र विशिष्ट अतिथि नेपाली कांग्रेस कैलाली क्षेत्र न ४ का सभापति बसन्त रोकाया ललितले रिवन काटेर सयुक्त रुपमा पार्टी कार्यालयको उद्घाटन गरेका हुन् ।
वडा कार्यालयको उद्घाटनपछि बोल्द प्रमुख अतिथि पाठकले वडाका सम्पूर्ण गतिविधिहरु सञ्चालन गर्नका लागि अब वडा कार्यसमितिलाई सहज हुने बताइन् ।
"अहिले आफ्नै पार्टीका नेताहरुका बिरुद्ध चिया खाने बहानामा एउटा खोका भित्र , चोकमा र सडकका छेउमा बसेर अनिक किसिमका टिकाटिप्पोणि भइरहेको पाइन्छ , वास्तमा त्यो कार्य गलत हो उनले भनिन् - अब यसरी पसलमा , चोकमा कुरा गर्नुभन्दा आफ्ना के कुरा हुन्छन् पार्टी कार्यालयमा आउने आफ्ना कुराहरु राख्ने गर्नुहोला ।"
उनले नेपाली काङ्ग्रेसको बफादार सिफाइ भएमा कुनै ब्यक्तिको पछाडि नभइ सिङ्गो पार्टीलाई मजबुत बनाउन एकजुट भएर लाग्नुपर्ने बताइन् । उनले अबका दिनहरुमा काङ्ग्रेसलाई थुप्रै चुनौती रहेकाले सबैले आफुभित्रका कमिकमजोरीहरु आफुवाट सुधार गरेर अगाडि बढ्न आग्रह गरिन् ।
यस्तै सोहि कार्यक्रममा बोल्दै क्षेत्रिय सभापति वसन्त रोकाया ललितले सबैको चाहाना काङ्ग्रेसलाई कसरी सुदृढ बनाउने र आगामी आउदै गरेका निर्वाचनमा कसरी पहिलो पार्टी बनाउने भन्ने रहेको बताए ।
उनले आफुहरुको आन्तरिक चुनाव सकिएकाले अब आगामी तिनै तहको निर्वाचनमा काङ्ग्रेसलाई बहुमतका साथ विजयी गराउन तर्फ सबैले जोड दिनु पर्ने बताए ।
"म तब सफल क्षेत्रिय सभापति हुन्छु , जब म यश क्षेत्रमा आगामी तिनै तहको निर्वाचन काङ्ग्रेसको पक्षमा ल्याउन सक्छु उनले भने ।" अब आफुले बिगतका सबै तिता मिठा कुराहरूलाई त्यागेर सबैलाई एकताबद्ध बनाएर अगाडि बढ्ने उनले प्रतिबदता जनाए ।
उनले अबको स्थानीय तहको निर्वाचनमा कसै ब्यक्तिलाई पहुचका आधारमा नभएर पार्टीका लागि काम गर्ने , ईमानदार र पार्टीले उपयुक्त ठानेको ब्यक्तिलाई टिकट दिएर चुनावमा पठाउने बताए ।
यस्तै क्षेत्र नं ४ प्रदेश ख का सभापति गोपाल दत्त भट्टले १४ औँ महादिवेशनमा भएका तिता मिठा कुराहरुलाई भूलेर निर्वाचित भएका र पराजय भोगेका सबै काग्रेसकै कार्यकर्ता भएकाले आफूले सबैलाई मिलाएर लैजाने बताए ।
उनले जितेका र हारेका बिच कुनै आग्रह पूर्वाग्रह नराखी सबैलाई समेटेर कार्यक्रमहरु आयोजना गर्न सम्पूर्णमा आग्रह गरे । कैलाली क्षेत्र नं ४ का पूर्व क्षेत्रिय सचिब एबम् जिल्ला उप सभापतिका उम्मेदवार लोकराज पाण्डे आगोले यहाँ ब्यक्ति भन्दा पार्टी ठूलो कुरा भएकाले सबैले आफ्ना लागि नभई पार्टीका लागि लाग्नुपर्ने बताए ।
यस्तै अर्का उपसभापतिका उम्मेदवार प्रकाश देउवाले वडा कार्यालयको उद्घघाटन हुनु एउटा बिशिस्ट कार्यको थालनी भएको बताए । अब पार्टीका कुनै पनि कुराहरु भए चिया पसल र चोक चोकमा नभई पार्टीको कार्यालयमा आएर नेतृत्वकर्ताहरुलाई भन्न आग्रह गरे ।
सोही कार्यक्रममा बोल्दै गोदावरी नगर सचिब अशोकराज देवकोटाले पार्टी कार्यालय स्थापना हुनु भनेको पार्टीका काम कारबाहीहरु सिस्टममा चल्नु रहेको बताए । उनले बिगतमा पार्टी भित्र भएका आन्तरिक कुराहरुलाई त्यागेर अब सबैको ध्यान स्थानिय तहको निर्वाचनमा केन्द्रित हुनुपर्ने बताए ।
उनले अब गोदावरी नगरपालिका संगै १२ वटै वडामा काग्रेसका उम्मेदावरहरुलाई बहुमतका साथ बिजयी गराउन सबैले आ आफ्नो क्षेत्रवाट महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताए ।
सोही कार्यक्रममा बोल्दै जिल्ला सदस्यका उम्मेदवार प्रेमराज भट्टले स्थानिय तहको निर्वाचनको मिति घोषणा भैसकेको अबस्थामा अब अब काग्रेसका सबै कृयशिल सदस्यहरु स्थानिय निर्वाचन तर्फ केन्द्रित हुनुपर्ने बताए ।
उनले बिगतमा काग्रेसका सकारात्मक कुराहरुलाई गाउँ गाउँ टोल टोल सम्म पुञ्याउन नसक्दा काग्रेसले पराजय भोग्नुपरेकाले अब त्यो कुरालाई मध्यनजर गर्दै सबैले गाउँ टोलमा गएर कमिटि बनाएर निर्वाचनलाई आफ्नो पक्षमा पार्ने गृहकार्यमा लाग्न सबैमा अनुरोध गरे । उनले आफू बिधार्थी राजनितिवाट काग्रेसमा आबद्ध भएकाले जिल्ला अधिबेशनमा आफूलाई सदस्यमा बिजयी गराउनमा सबैलाई सहयोग गर्न समेत आग्रह गरे ।
अर्का जिल्ला सदस्यका उम्मेदवार एबम् वडा नं २ का निर्वतमान वडा सभापति डबल साउँदले पार्टीको आन्तरिक चुनाबमा एक पक्षको जित र अर्को पक्षको हार स्वभाविक भएपनि चुनाब पछिका दिनहरुमा यो पक्ष त्यो पक्ष नभनि सबैले एक जुट भएर मिलेर जानुपर्ने बताए ।
सोही कार्यक्रममा बोल्दै नेविसंघका क्षेत्रिय सभापति गणेश शाहले नेतृत्वकर्ताले सही भूमिका खेलेमा अबको निर्वाचनमा काग्रेस बहुमतका साथ बिजयी हुने बताए ।
उनले जितेका निर्वाचितहरुले पराजित भएकाहरुलाई पनि संगसंगै लगेर जानुपर्ने धारणा राखे । वडा सभापति धनराज जोशीले आफू बोलिमा भन्दा पनि काममा बिश्वास गर्नेमा रहेको बताए । उनले आफू मजदुरहरुकै नेतृत्व गरिरेकाले अबका दिनहरुमा काग्रेस वडा न २ लाई कसरी अगाडी बढाउने भन्ने बिषयको छलफल आजै उद्धघाटन भएको वडा कार्यालयको कोठावाट हुने बताए ।
वडा सभापति जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन वडा सचिब लक्ष्मण बि.कले गरेका थिए । कार्यक्रममा नेपाली काग्रेसका वडा नगर , प्रदेश सभा र क्षेत्रका नेताहरुका साथै वडा नं २ का कृयशिल सदस्यहरुको सहभागिता रहेको थियो ।