बाजुरा – बाजुरा जिल्लाका विभिन्न स्थानीय तह र सदरमुकाम मार्तडीमा रहेका सरकारी कार्यालयका सरकारी गाडीको चरम दुरुपयोग हुदै आएको छ । जिल्लामा रहेका स्थानीय तहले केही समय अघि मात्र खरिद गरेको गाडी र मोटरसाइकलको दुरुपयोग हँुदै आएको छ ।
शुक्रवार मात्र सरकारी स्वामित्वमा रहेका तीन वटा मोटरसाइकल एकै दिन छुट्टा छुट्टै ठाउँमा दुर्घटनामा परेका छन् । बुढीगंगा नगरपालिकाको नाममा रहेका २ वटा र जगन्नाथ गाउँपालिकाको नाममा रहेको १ वटा मोटरसाईकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले बाजुराले जनाएको छ ।
बुढीगंगा नगरपालिकाको फालासैना वडा नम्बर नौ र वडा न ६ को मोटर साइकल एक आपसमा ठक्कर दिदा मोटर साइकलमा सवार दुबै जना घाइते भएका छन् । त्यसै गरी बुढीनन्दा नगरपालिकाको भारती कप्साडीमा जगन्नाथ गाउँपालिकाको मोटरसाइकले बाटोमा हिडिरहेका २ जनालाई ठक्कर दिइ घाइते बनाएको प्रहरीले जनाएको छ । तीन वटै मोटरसाईकल सवारी चालक अनुमति पत्र नै नभएका व्यक्तिले चलाई रहेको अवस्थामा दुर्घटना भएको प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले बताएका छन् ।
बुढीगंगा नगरपालिका ९ नम्बर वडा कार्यालयको नाममा रहेको र लक्ष्मण थापाले चलाई रहेको से १ ब १२४१ र ६ नम्बर वडा कार्यालयको नाममा रहेको र सुप प्रदेश ०१००१ ब १३४१ नम्बरको वडा न ६ का वडा सदस्य डम्म गिरीले चलाई रहेको मोटरसाईकल एक आपसमा ठोक्कीएर दुर्घटनामा परेका हुन् ।
थापा वडा कार्यालय सम्बन्धीत हुन् भने डम्मर गिरी वडा सदस्य हुन् । दुर्घटनामा दुबै जना घाइते भएका छन् । उनीहरुको अछामको बयालगडा अस्पतालमा उपचार भईरहेको छ । यस्तै जगन्नाथ गाउँपालिकाका कार्यालय सहायक भीमबहादुर शाहीले चलाएको से १ ज ४५१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ४४ वर्षका दिप भण्डारी र ४२ वर्षका गोविन्द्र भण्डारी घाइते भएका छन् ।
दुबै जनाको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भईरहेको छ । अनुमति पत्र सहीत आवश्यक कागजात नभएरै मोटरसाइकल चलाएका कारण दुर्घटना गराएका तीनै जनालाई आवश्यक कारवाहीको तयारी गरेको जिल्ला प्रहरीले कार्यालय बाजुराले जानकारी दिएको छ । त्यस्तै हिमाली गाउँपालीकामा बा.२ झ.४३९६ नम्मरको गाडी केही दिन अगाडी विदाको दिनमा कन्सन बाजुराको कार्याक्रमा यात्रु बोकेर हिडी रहेको फेला परेको थियो ।
स्थानीय तहका सवारी साधनको चरम दुरुपयोग हुने गरेको प्रहरीले बताएको छ । अनुमति नदिएको विदाको दिन पनि चलाउने गरेको र अनुमति पत्र नै नभएका व्यक्तिले चलाउने गरेको प्रहरीले बताएको छ ।
प्रमुख जिल्ला अधिकारी गंगा पैशाद न्यौपानेले भने कुनै पनि स्थानीय तह वा जिल्लाका सरकारी कार्यालयले सरकारी गाडी वा अन्य सम्पती दुरुपयोग गरेको भेटाए कानुनी कावाही गरेने बताए । सरकारी गाडी दुरुपयोग गरेको अहिले सम्म आफूलाई कुनै जानकारी नभएकोले आफूले वास्था नगरेको बताए ।