अत्तरिया - कैलालीको गोदावरी नगरपालिका - २ मा रहेको अपि सैपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शुक्रबार एक औपचारिक कार्यक्रमका बिच संस्थाको आर्थिक बर्ष २०७७- ०७८ को बार्षिक प्रतिबेदन , आय-ब्यय र आगामी योजनाहरु प्रस्तुत गर्दै १२ औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
संस्था संचालक समितिका अध्यक्ष बसन्त रोकायाको सभापतित्वमा सम्पन्न भएको उद्धघाटन समारोह कार्यक्रममा गोदावरी नगरपालिका वडा नं २ का वडा अध्यक्ष कृष्ण राज जोशी प्रमुख अतिथी रहेका थिए ।
बिशिष्ट अतिथीमा संस्थापक अध्यक्ष तथा निबर्तमान अध्यक्ष मेघ राज भट्ट रहेका थिए । अतिथीमा सहकारीका उपाध्यक्ष बालकृष्ण प्रसाइ, सहकारीका कोषाध्यक्ष भरत बहादुर खत्री, सहकारीका सदस्यहरु डा. नर बहादुर मौनी, विर सिं कार्की र छबि राज पाण्डेय रहेका थिए ।
कार्यक्रममा बाल्दै संस्थाका अध्यक्ष रोकायाले सानो सानो पुजीँवाट स्थापना भएको अपि सैपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नागरिकहरुका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।
उनले सहकारीले बचत गर्ने बानीको विकाससंगै नेतृत्व क्षमताको पनि विकास हुने बताए । उनले सबैले सहकारीमा आबद्ध भएर आफ्नो आम्दानीको थोरै रकम बचत गर्नुपर्ने बताए । प्रत्येक बर्ष शेयर सदस्य र पुुजीँ बढ्दै गएपछि १२ बर्ष सम्म आइपुग्दा संस्थाको शेयर पुजीँ १ करोड ३३ लाख ४३ हजार ४०० रुपैया रहेको छ । संस्थाले आर्थिक बर्ष २०७७र०७८ को अषाढ समान्त सम्म आइपुग्दा ५३ लाख ३३ हजार ६ सय ६३ रुपैया बराबरको कारोबार गरेको छ ।
संस्थाले गत एक बर्षमा सबै खर्चहरु कटाएर १४ लाख २७ हजार १३६ रुपियाँ खुद नाफा गरेको छ । यस्तै २०७८ साल अषाढ मसान्त सम्ममा संस्थाले १ करोड २ लाख ७९ हजार ९३० रुपियाँ बराबरको कुल बचत रकम संकलन गरेकोमा ६ करोड ५८ लाख ९१ ह्जार ३१ रुपैया ऋण लगानी गरेको छ ।
९ औँ साधारण सभाको निणर्य बमोजिम अपि अपि सैपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड ले दिँदै आएको ५ लाख सम्मको ऋणलाइ आधारमा ७ लाख सम्म दिन सुरु गरिएको छ ।
यस सहकारी संस्थाले आफ्नो सेवा विस्तार गर्ने क्रममा रेमिटान्स, हिमाल रेमिटान्स, प्रभु मनि ट्रान्स वइस्र्टन मनि ट्रन्स संग सम्क्रौता गर्दै सेवा सुचारु गर्दै आइरहेको छ ।
उक्त सस्थाले सहकारीमा आबद्ध शेयर सदस्य तथा आबद्ध बचत कर्ता तथा ऋण लाइ सहज र छिटो छरितो सेवा दने उदेश्यले सेवा केन्द्र खानिडाँडामा पनि सफटवयर संञ्चालन गरी वानलाइनबाट सेवा प्रदान गरिरहेको छ ।