अत्तरिया – गोदावरी जेष्ठ नागरिक समाज अत्तरियाको नवनिर्मित भवनको आज उद्घाटन गरिएको छ । आज एक कार्यक्रमका बिच भवनको गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिंह साउँदले भवनको उद्घाटन गरेका हुन ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियामा निर्माण गरिएको ३ कोठे भवनको उद्घाटन गर्दै गोदावरी नगरपालिकाका प्रमुख साउँदले जेष्ठ नागरिकहरुले सम्मान जनक रुपमा बाच्न पाउने अधिकारलाई सुनिश्चीत गर्नका लागि भवन निर्माण गरिएको बताए ।
उनले जेष्ठ नागरिकको सम्मान गर्ने गोदावरी नगरपालिकाको नीति अनुसार जेष्ठ नागरिकका लागि भवन निर्माण गरिएको बताए । ‘गोदावरी नगरपालिकाको आगामी दिनमा प्रत्येक २ वडाको पायक पर्ने स्थानमा जेष्ठ नागरिकका लागि भवन बनाउने योजना रहेको छ ।’ नगरप्रमुख साउँदले भने – ‘गोदावरी नगरपालिका जेष्ठ नागरिकको हक हितको लागि सदैव तत्पर रहने छ ।’ उनले जेष्ठ नागरिक समाज दिवा सेवा केन्द्र भवनलाई आगामी दिनमा बृद्धा आश्रमको रुपमै विकास गर्ने योजना समेत रहेको बताए ।
कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले जेष्ठ नागरिको सबैले सम्मान गर्नुपर्ने बताईन । उनले जेष्ठ नागरिक ज्ञानको श्रोत भएकाले जेष्ठ नागरिक बाट नयाँ पुस्ताले धेरै कुरा सिक्न सक्ने बताईन ।
कार्यक्रममा गोदावरी जेष्ठ नागरिक समाजका अद्यक्ष नन्दसि खड्काले भवन निर्माण भएकोमा आफू निकै उत्साहित भएको बताए । खड्काले भने – ‘निर्माण गरिएको भवनमा बसेर जेष्ठ नागरिकहरुका ज्ञान सिप संकलन गरि जेष्ठ नागरिकरुको ज्ञानको प्रचार प्रसार गरिने छ । यस क्षेत्रमा जेष्ठ नागरिकले गरेका काम सिकेका सिपलाई पुस्तकका रुपमा छापेर वितरण गर्ने नीति राखेका छै ।’
उनले भवन निर्माण भएपछि जेष्ठ नागरिकलाई सम्मान गर्न र सबै जेष्ठ नागरिकलाई भेला हुन सहज भएको बताए । उनले आगामी दिनमा जेष्ठ नागरिक समाजद्धारा नयाँ पुस्ताका युवाहरुलाई जेष्ठ नागरिकको ज्ञान सिपको प्रसार गर्न तालिम गोष्ठी लगायतका कार्यक्रम गर्ने बताए ।
गोदावरी जेष्ठ नागरिक समाजका अद्यक्ष नन्दसि खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर प्रमुख हरि सिहं साउँद रहेका थिए । त्यस्तै बिसिष्ठ अथितिमा गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायत, जेष्ठ नागरिक संघ कैलालीका उपाध्यक्ष निरञ्जन रिमाल रहेका थिए ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय मालाखेतिका प्रमुख डिएसपी ज्ञान बहादुर बिष्ट , गोदावरी नगरपालिकका वडा नम्बर १ का वडा अद्यक्ष सर्मानन्द भट्ट , वडा नम्बर २ का वडा अद्यक्ष कृष्ण राज जोशी लगायतले आफ्नो मन्त्यव्य राखेका थिए । कार्यक्रमको संचालन गोदावरी जेष्ठ नागरिक समाजका सचिव खडक राज जोशीले गरेका थिए ।
चार जना जेष्ठ नागरिक सम्मानित
कार्यक्रममा गोदावरी नगरपालिकामा बसोवास गर्नेे सबैभन्दा बढी उमेर भएका जेष्ठ ४ जनालाई सम्मानित गरिएको थियो । कार्यक्रममा १०८ बर्षका मान बहादुर खड्का , १०२ बर्षकी तारा मल्ल , ९८ बर्षका रुल्ले लुहार र ९२ बर्षकी जौला देवि रावललाई सम्मान गरिएको थियो ।
उनीहरुलाई गोदावरी नगरपालिककाका मेयर र उपमेयरले दोसल्ला ओडाएर सम्मान गरेका थिए ।


गोदावरी जेष्ठ नागरिक समाज २०७४ सालमा स्थापना भएको हो । गोदावरी जेष्ठ नागरिक समाज स्थापना भएको २ बर्ष पछि गोदावरी नगरपालिका र प्रदेश सरकारको आर्थिक सहयोगमा गोदावरी जेष्ठ नागरिक समाज दिवा सेवा केन्द्र भवनको निर्माण गरिएको हो ।