डडेल्धुरा -प्रेस चौतारी नेपाल डडेल्धुरा शाखाको नयाँ कार्य समिति चयन भएको छ। मंगलबार सम्पन्न भएको चौथो जिल्ला अधिवेशन बाट लोकेन्द्र ओझा अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । यस्तै उपाध्यक्षमा बहादुर सिंह साउँद, महिला उपाध्यक्षमा लक्ष्मी ऐर र सचिवमा मदनराज भट्ट चयन भएका छन ।
सह–सचिवमा धनी कोली , सह–सचिव समावेशीमा भावना पौडेल, र कोषाध्यक्षमा ममता भट्ट चयन भएका छन् । यसैगरी, सदस्यहरुमा विवेक जैरे,अर्जन चटौरे,तर्कराज भट्ट, किरन जैरे ,सृजना ऐडी, गौमती बोहरा,सुरेन्द्र धामी, हरेन्द्र साउँदर अर्जन धामी चयन भएका छन् ।
यस्तै केन्द्रीय्र अधिवेशन प्रतिनिधीमा राजेन्द्र ठगुन्रा ,लक्ष्मी ऐर , गणेश ऐर , राकेश दयाल र इन्दिरा ताम्राकार चयन गरिएका छन् ।यसैगरी अधिवेशन प्रदेश प्रतिनिधीमा पदम बोहरा,गणेश रोक्का ,मनोज चौधरी ,रमेश धामी, सकुन्तला साउँद,राधा फुलारा ,पार्बती धामी र सिर्जना अवस्थीलाई चयन भएका छन ।