बझाङ / डडेल्धुरा - सामुदाय–प्रहरी साझेदारी अभियान अन्तरगत अन्तरगत बझाङ र डडेल्धुरामा प्रहरीले गाँजा खेती नस्ट गरेको छ । ‘हर प्रहर गाँउ र नगरी टोलटोलमा नेपाल प्रहरी’ भन्ने नाराका साथ संचालनमा रहेको सामुदाय–प्रहरी साझेदारी अभियान अन्तरगत दुवै जिल्लमा खेती गरिएको तथा आफै उमे्रको गाँजा नस्ट गरिएको हो ।
अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय बझाङले आज सदरमुकाम चैनपुरको दुङ्गी लगाएतका स्थानमा स्वत रुपमा उम्रेको गाँजा फडानी गरेको छ । वडा प्रहरी कार्यालय चैनपुर र जिल्ला प्रहरी कार्यालय बझाङले सदरमुकाम चैनपुरको डुग्री लगाएतका स्थानमा उम्रीएको गाँजा फडानी गरेको होे ।
हर प्रहर गाँउ र नगरी टोलटोलमा नेपाल प्रहरी कार्यक्रम अन्तरगत लागुऔसध गाँजा नियन्त्रण न्यूनिकरण अन्तरगत नष्ट गरेको प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख गणेश वमले जानकारी दिए । उनले अभियान पुरै जिल्लामा सञ्चालन गर्ने बताए ।
यस्तै अभियान अन्तरगत डडेल्धुरामा अमरगढी नगरपालिका–७ भालुमारे स्थित स्थानीय राज भट्टराइ र पदम भट्टराइको दुई रोपनी जमिनमा लगाइएको गाँजा फडानी गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा प्रहरी नायव उपरिक्षक दधीराम न्यौपानेले जानकारी दिए ।
डडेल्धुराको सुरक्षा सतर्कता चुस्त
जिल्ला प्रहरी कार्यालय डडेल्धुराले सुरक्षा सतर्कता चुस्त पारेको छ । जिल्लामा भइगरेका अवाञ्छित गतिवीधि तथा समाजलाई खलल पुगाउने प्रकृतिका कार्यलाइ निरुत्साहित पार्नको लागि प्रहरी कडाईका साथ प्रस्तुत भएको छ ।
लागूपदार्थ नियन्त्रण विशेष अभियान अन्तरगत डडेल्धुरा प्रहरीले गाँजा, अवैद्य घरेलु मदिरा बेचबिखन रोक्नको लागि पहल चालेको छ ।
प्रहरीले आफ्नो सक्रियता बढाउँदै जिल्ला सदरमुकामका मुख्य बजारहरु बागबजार, तुफानडाँडा, आइतबजारबाट घरेलु मदिरा बरामद गरि नस्ट गरेको छ ।