अत्तरिया - कैलालीको गोदावरी नगरपालिकामा संञ्चालन गरिएको कोभिड १९ प्रतिकार्य र पुनर्लाभ परियोजनाबारे जानकारी दिनुका साथै सुभावहरु संकलन गरिएको छ । गोदावरी नगरपालिकासंगको समन्व्य तथा केयर नेपालको आर्थिक सहयोगमा राष्ट्रिय कृषक समूह महासंघ नेपाल र निड्स नेपालले संयुक्त रुपमा आयोजना संचालित परियोजनाबारे आज अत्तरियामा समन्वयत्मक बैठक बसेर जानकारी साथै सुझावहरु संकलन गरिएको हो ।
बिषेश गरेर कृषि र स्वास्थ्य क्षेत्रमा संचालन हुने परियोजना बारे साझेदारी संस्थाहरुले गोदावरी नगरपालिकाका वडा अध्यक्ष , कार्यपालिका सदस्य र नगरपालिकाका विभिन्न बिषयगत शाखाका प्रमुखहरुलाई जानकारी गराउनुका साथै परियोजनालाई कसरी अगाडी बढाउदा अझै प्रभावकारी हुन्छ भन्ने बिषयमा सुझावहरु समेत संकलन गरिएको थियो ।
गोदावरी नगरपालिकामा सन् २०२२ को जनवरीवाट सुरु भएका कृषि सम्बन्धिका परियोजना बारे परियोजनाका जिल्ला संयोजक बिष्णु प्रसाद पन्थले सहजिकरण गरेका थिए भने स्वास्थ्य सम्बन्धिको निड्स नेपालका कार्यक्रम संयोजक केशब कुमार मलासीले सहजिकराण गरेका थिए ।
गोदावरी नगरपालिका भित्र सो परियोजनाले दिगो बैकल्पिक जिविको पार्जनका विकल्पहरु उपलब्ध गराएर र पुनर्जीवित गरेर अति जोखिममा परेका र सीमान्तकृत परिवारहरुले भोगिरहेका आर्थिक प्रभावहरुलाई कम गर्ने र दिर्घकालिन रुपमा स्थानिय सरकारहरु भित्र एक स्थिर प्रणाली , दृष्टिकोण र क्षमताहरु सिर्जना गर्ने , परियोजना परिणामहरुलाई दिर्घकालिन विकास योजनासंग जोड्दै , कोभिड १९ संकट र अन्य उदयमान जोखिमहरु क्म गर्ने परियोजनाका जिल्ला संयोजक पन्थले जानकारी दिए ।
उनले यस परियोजना अन्र्तगत कृषी तर्फ ७५ जना अतिबिपन्न गरिब परिवारलाई खाध्यान्न सहयोग गर्ने , १२५ जनालाई अल्पकालिन रोजगारी सहित समुदायिक निर्माणमा संलग्नता गराउने , ७५ जनालाई कृषी सामाग्रीहरु सहित पोषण बगैचा र ब्यवहार परिर्वतनको अभ्यास गराइने र ५० जनालाई उदमगर्न र संचालनको लागि सहयोग र उद्मक्षमता विकास गर्ने कार्यक्रम रहेको बताए ।
यस्तै लघु उदमीहरुको सहुलियत कर्जा , बिमा र सामाजिक संरक्षणमा पहुँच , ३० घर धुरीलाई जग्गा भाडामा लिई गरिने खेती अभ्यासमा सरिक र कृषि ऐन , कार्यबिधि , परिचय पत्र , प्रणाली सबलीकरण मार्फत सबै घरधुरीलाई लाभ हुने खालका कार्यक्रमहरु संचालन गरिने उनले बताए । यस्तै स्वास्थ्य तर्फपनि कोरोना भाईरसको संकट तथा तत्काल पनि कार्य गर्न , लक्षित समुदायहरुलाई खोप , पालिकाको स्वास्थ्य प्रणालीमा सहयोग र प्रभावित समुदायको जिविको पार्जन गर्नमा महत्वपूर्ण सहयोग गर्ने कार्यक्रमहरु रहेको निड्स नेपालका कार्यक्रम संयोजक मलासीले बताए ।
उनका अनुसार कोभिडको विषम परिस्थितीमा स्वास्थ प्रणालीमा सहयोग पुग्नेगरी स्वास्थ सरसफाई विपदतथामानवीय सहायताका क्षेत्रमा निड्स नेपाल र कोभिड प्रभावित कृषक वर्गको कृषि तथा जीविकोपार्जनका क्षेत्रमा राष्ट्रिय कृषक समुहमहासंघले परियोजनाका क्रियाकलापहरु गोदावरी नगरपालिका र सरोकारवालानिकायहरुसँग समन्वय सहकार्य कार्यान्वयन गरिनेछ ।
बैठकमा सहभागी गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिंह साउँदले देश संघियतामा गएपछि तिन वटै सरकारलाई थुप्रै चुनौतीहरु थपिएको बताए । उनले कुनै पनि कामकारबाही अगाडी बढाउन ऐन , नियम र कार्यबिधिहरु आवश्यक पर्ने भएकाले कानुन निर्माणमा समस्या भैरहेको बताए । उनले आफूहरु राजनितिकर्मी भएकाले कानुनका बिषयमा बिज्ञ नहुदाँ समस्या भएको बताए ।
उनले स्वास्थ्य र कृषीका कार्यक्रमहरुलाई अगाडी बढाउनका तिन वटै तहका सरकारबिच नबाझिने गरि कानुन निर्माण गरेर कामहरु अगाडी बढाइने बताए । कार्यक्रममा सहभागी राष्ट्रिय कृषक समुह महासँघका केन्द्रीय अध्यक्ष नवराज बस्नेतले यस्ता परियोजनाहरु पूर्वी जिल्लामा २ बर्ष लगाएर संचालन गरिएपनि त्यसैको सिकाई र अनुभवको आधारमा गोदावरी नगरपालिकामा ४ महिनामै उक्त कार्यक्रमहरु संचालन गरिने बताए ।
उनले कृषिमा गोदावरी नगरपालिकालाई ४ महिना भित्रै परिवर्तन गरेर देखाउने बताए । उनले छोटो समयमै महत्वपूर्ण कार्यक्रमहरु संचालन गर्नुपर्ने चुनौती भएपनि सबैको साथ , सहयोग र हातेमालोले यो परियोजना अगाडी बढाउन कुनै समय नलाग्ने बताए ।
यस्तै सोही बैठकमा बोल्दै राष्ट्रिय कृषक समुह महासँघका सुदूरपश्चिम प्रदेश अध्यक्ष प्रकाश थापाले सधै हुने खाने बर्गले मात्रै कार्यक्रम तथा सहयोगहरु पाएका गुनासो आउने गरेको भएपनि आफुहरुको यो परियोजनामा लक्षित बर्ग र समूहले मात्रै सेवा लिन पाउने बताए ।
उनले प्रत्येकका घर घरमा गएर उनीहरुको अबस्था बारे जानकारी लिएर कृषकहरुको बर्गीकरणका आधारमा कार्यक्रमहरु तथा राहत सामाग्रीहरु वितरण गरिने बताए । बैठकमा सहभागीहरुले परियोजना अन्र्तगतका कार्यक्रमहरु निकै महत्वपूर्ण भएपनि लक्षित बर्ग तथा समूहले पाउदैनन कि भन्नेमा सचेत रहन आयोजकलाई सुभाव दिएका थिए ।
उनीहरुले परियोजनाको दिर्घकालिन विकासका लागि मापदण्डहरु तयार पारि लक्षित बर्ग र समुदायमा कार्यक्रमहरु संचालन गर्न आग्रह गरेका छन् । कोरोनावाट प्रभावितहरुलाई सहयोग गर्नका निमित्त यही जनवरीवाट सुरु भएको परियोजनाको अबधि साढे ८ महिनाको रहेको छ ।
गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिंह साउँदको अध्यक्षतामा कार्यक्रम संचालन भएको बैठकको समापन गोदावरी ६ का वडा अध्यक्ष बिर बहादुर चोखालले गरेका थिए ।
उक्त बैठकमा गोदावरी नगरपालिका कार्यपालिका सदस्यहरु, नगरपालिका बिभिन्न विषयगत शाखाका प्रमुखहरु, राष्ट्रिय कृषक समुह महासँघका केन्द्रीय अध्यक्ष नवराज बस्नेत, प्रदेश अध्यक्ष प्रकाश थापा, निड्स नेपाल अध्यक्ष अञ्जु जोशी भट्ट, केएर नेपालका तर्फबाट विज्ञ जीवन शर्मा, केशवदत्त भट्ट, गै.स.स सुदुरपश्चिम अध्यक्ष देवीखना ललगायत सरोकारवालकाका सहभागिता रहेको थियो ।