अत्तरिया -'दिगो बिकास, समृद्ध गोदावरी' अभियान ले गोदावरी नगरपालिका वडा नम्बर १० ,११ र १२ का ७० जना गरीब , असहाय, अपाङ्ग, एकल पुरूष, बिपन्न , एकल महिला, नि: शन्तान बृद्धलाई मिनी कम्बल बितरण गरेको छ ।
अभियान कर्ताको आर्थिक सहयोग मा सामाजिक उत्तर दायित्व अन्तर्गत मिनी कम्बल वितरण अभियान २०७८ मार्फत उक्त क्षेत्रमा कम्बल बितरण गरिएको संयोजक गणेश जिमी साउँदले बताए । उक्त अभियान सबै वडामा गरिने उनले बताए ।
आर्थिक रूपमा बिपन्न परिवार का सदस्यलाई जाडो बाट जोगाउन अभियान थालिएको हो । यस अधि सोही अभियान मार्फत विभिन्न वडाहरुमा बिपन्न परिवारका घरहरू समेत निर्माण गरिएका थिए ।
अभियानमा साउँद सहित चक्र बहादुर बोहरा, हितेश ओझा ,टिकाराम आचार्य ,टेक बहादुर बुढा, भरत कुमार जिमी साउद ,मदन सिह हाल यू के ,सि अल्मी किम दक्षिण कोरिया, बिर बहादुर कुँवर,प्रकाश बहादुर कुँवर ,पुरन जिमी साउद सँग्ल्गन रहेका छन ।