अत्तरिया - सुदुरपश्चिम समाज दक्षिण कोरियाको आयोजनामा देउडा गायन तथा गजल वाचन कार्यक्रम सम्पन्न भएको छ । दक्षिण कोरियामा मनाइने लुनार कलेण्डरको नयाँ वर्ष सल्नालको अवसरमा आज फेब्रुअरी १ तारिकमा कोरोनालाई मध्यनज गर्दै भर्चुअल माध्यमबाट कार्यक्रम सम्पन्न भएको हो ।
सुदुरपश्चिम समाज कोरियाका अध्यक्ष यज्ञमान नायकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली दुताबास कोरियाका श्रम सहचरी रमा भट्टराई प्रमुख आतिथी रहेनुभएको थियो ।
कार्यक्रममा वरिष्ठ लोक देउडा गायक भोजराज भट्ट, चर्चित गायकहरू उमाशंकर जोशी, लालबहादुर धामी अछामी बड्डो , टंक तिमिल्सेना, भरत भट्ट , नरेन्द्र रावल, बाल कलाकार सुप्रिम मल्ल ठकुरी, चर्चित गायिकाहरू रेखा जोशी, गौरी भट्ट, लक्ष्मी आचार्य, पुष्पा बोहरा , निरुता खत्री लगायतले आ आफ्ना प्रस्तुति राखेको थिए ।
यस्तै कमलेश घरडी, कृष्ण भण्डारी, नेत्र कुँवर , ईन्द्र खडका, जगदीश घरडी, बल्देव दयालले पनि आफ्ना कविता, गजल र गीत प्रस्तुत गरेका थिए ।
आफ्नो संस्कृतिलाई जगेर्ना गर्ने र विशेष गरी कोरियामा रहेका सुदुरपश्चिम बासीका बिच आत्मियता , एकता र सद्भाव बढाउनका लागि कार्यक्रमको आयोजना गरिएको सुदुरपश्चिम समाज कोरियाका पुर्वअध्यक्ष लाल साँउदले जानकारी दिए ।
उनले देउडा संस्कृतिका क्षेत्रमा परिचित गायक गायिकाहरूको सहभागितामा देउडा गायन तथा गजल वाचन भर्चुअल कार्यक्रम भव्य र सभ्य तरिकाले सम्पन्न भएको उनले बताए । यसै बीच समाजका अध्यक्ष यज्ञमान नायकले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्ण अतिथि, कलाकार, सल्लाहकार, पदाधिकारी एवं सदस्यहरु सबैलाई धन्यवाद दिए ।
उनले सबैको साथ र सहयोगले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु गर्दै जाने बताएका छन् ।
समाजका उपाध्यक्ष महेश भट्टले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय सुदुरपश्चिमेली नेपाली समाजका अध्यक्ष धनबहादुर बलायर, सुदूरपश्चिम समाज, कोरियाका वरिष्ठ सल्लाहकार डा. अग्नीराज कोइराला, सुदुरपश्चिम समाज कोरियाका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार कमल शाही , सुदुरपश्चिम समाज कोरियाका निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार वीर पाल, सुदुरपश्चिम समाज कोरियाका पूर्व अध्यक्ष धर्मराज जोशीले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका महासचिव योगेश बोहराले संचालन गरेको उक्त भर्चुअल माध्यमबाट गरिएको कार्यक्रममा जुम मार्फत ९० जना भन्दा बढी जोडिएका थिए ।