अत्तरिया - धनगढी र महेन्द्रनगरमा अनलाइन शपिङु र फूड डेलिभरीु एप्स सञ्चालनमा आएको छ। कैलाली र कञ्चनपुरलाई लक्षित गरी इकमर्श प्लेटफर्म अपीबजारु एप्स सञ्चालनमा आएको हो ।
प्ले स्टोरमा उपलब्ध उक्त एप डाउनलोड गरेर प्रयोगकर्ताले आफूलाई मन परेको फेन्सी, इलेक्ट्रोनिक, होम अपलाइन्स, खेलकुद, स्टेसनरी, कृषि सामाग्री, स्थानीय उत्पादन लगायतका सामानहरू खरिद गर्न सकिने छ।
साथै धनगढी र महेन्द्रनगरमा रहेका विभिन्न रेष्टुरेन्ट, बेकरीबाट आफूलाई मन परेको नास्ता, खानाका परिकार र केक अर्डर गरी घरमै मगाउन सकिनेछ।
यसका अतिरिक्त उक्त एप्सबाट प्रयोगकर्ताले आफ्नो सेकेन्ड हेन्ड सामाग्री कम्प्युटर, मोबाइल, अटोमोबाईल, पुस्तक तथा घर जग्गा, पसल, अफिस, फ्ल्याट, कोठा आदिको बिक्री र भाडाको लागि निशुल्क विज्ञापन राख्न सक्नेछन्।