विश्वभर कोरोनाका संक्रमितको संख्या ७ करोड नाघेको छ । विश्वका बिभिन्न देशहरुमा फेरि कोरोना संक्रमण बढ्दै गएपछि संक्रमितको संख्या पनि बढ्दै गएको हो ।
विश्वभर पछिल्लो २४ घण्टाको अबधिमा मात्रै साढे ३२ लाखमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये सबै भन्दा धेरै अमेरिकामा ३ लाख ९२ हजार र फ्रान्समा ३ लाख ५३ हजार छन्।
यस्तै‚ भारतमा २ लाख ३२ हजार, ब्राजिलमा २ लाख ५१ हजार, इटलीमा १ लाख ४३ हजार, स्पेनमा १ लाख १८ हजार, जर्मनीमा १ लाख ८९ हजार संक्रमित थपिएका छन्।
यस्तै पछिल्लो २४ घण्टामा थप ९ हजार ६३१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु भएका मध्ये अमेरिकामा २ हजार १८३, भारतमा ८६२, ब्राजिलमा ७१५, फ्रान्समा २६३, बेलायतमा २७७, रसियामा ६७३, टर्कीमा २१०, इटालीमा ३७८‚ स्पेनमा १९९, अर्जेन्टिनामा ३०५, जर्मनीमा १७९, कोलम्बियामा २६८, मेक्सिकोमा ४९५ र पोल्याण्डमा २७१ जना रहेका छन्।