बाजुरा – सडक संचालन नहुँदा बाजुरा जिल्लामा उत्पादन हुने स्याउ बजार सम्म पुगाउन समस्या भएको छ । बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका ,जगन्नाथ गाउँपालिका र स्वामिकार्तिक गाउँपालिकका किसानहरु उत्पादन गरेका स्याउ बर्षादमा सडक संचालन नआउँदा पिठ्युमा बोकेर बजारसम्म पुगाउन बाद्य भएका छन ।
किसानहरुले बारीमा स्याउ फलाए पनि यातायातको असुविधाले गर्दा किसानहरुले पिठिउमा बोकेर बजार सम्म पुर्याउनु पर्ने अबस्था आएको बुढीनन्दा नगरपालिका ९ का स्थानिय बासी प्रेम दमाइले बताए ।
‘बाजुरा जिल्लाका प्रमुख व्यापारी केन्द्र सदरमुकाम मार्तडी रहेको छ भने दोस्रो ब्यापारी केन्द्रको कोल्टी हो ।’ बुढीनन्दा नगरपालिका ९ का तुल्छा धामीले भने – ‘ किसानहरुले एक दिनको पैदोल बाटो हिडेर कोल्टी बजार र दुई दिनको पैदोलबाटो हिडेर जिल्ला सदुमुकाम मार्तडी सम्म स्याउ बिक्रि गर्नु पर्ने बाद्यता छ ।
’ उनले सडक संचालनमा नहुँदा स्याउ पिठ्युमा बोकी बिहान ५ बजे नै घरबाट निस्केर दिउँसो १२ बजे मार्तडी पुगेको बताए । धमीले भने – ‘अहिले सम्म थोरै स्याउ बिक्रि भएका छ्न् पछि सम्म बिक्री गरिसक्यो भने भोलि घर जानुपर्छ खाँदा बस्दा केही बच्दैन ।
जम्मा कमाइ एक दुई हजार जति होला बच्चाको पढाइ खर्च हुन्छकी भनेर आएको थिए । स्याउ को मूल्य पनि राम्रो छैन दानाको पाँच रुपैया देखि बीस रुपैयाँमा बिक्री गरियो ।’
सडक ६ महिना बन्द ६ महिना सञ्चालन
बर्षा सुरु भएसंगै मार्तडी कोल्टी सडक खण्ड अबरोध भएका कारण यस क्षेत्रका स्याउ खेती गर्ने किसानले समस्या भोग्दै आएका छन । हिउँदको ६ महिना सञ्चालन हुने मार्तडी कोल्टी सडक वर्षादको ६ महिना बन्द हुने गरेको छ ।
वर्षादकै समयमा स्याउ फल्ने भएकाले यातायातको भरपर्दो व्यवस्था स्याउ बारीमै कुहिने अवस्था आएको स्थानीय पुर रावतले बताए ।
बाजुरामा बुढीनन्दा नगरपालिका ,जगन्नाथ गाउँपालिका र स्वामिकार्तिक गाउँपालिकका प्रमुख स्याउ खेतीको पकेट क्षेत्र मानिन्छन ।