अतरिया - अतरिया जुनियर जेसिजको अध्यक्षमा लोकराज ओझा (एलआर) चयन भएका छन् । आज सम्पन्न जुनियर जेसिजको ५ औ पदस्थापना तथा शाखा अधिबेशनवाट जुनियर जेसिज बर्ष २०२२ का लागि अध्यक्षमा ओझा सर्वसम्मत चयन भएका हुन् ।
यस्तै जुनियर जेसिजको कार्यकारिणी उपाध्यक्ष देवराज भण्डारी र विरेज्द बिसी चयन भएका छन् । यस्तै उपाध्यक्षहरुमा दिपा जोशी , तिर्थराज जोशी , राजेश ओझा र आकाश खड्का चयन भएका छन् । अध्यक्षले मनोनित गर्ने पदहरुमा महासचिव प्रकाश बोहरा , कोषाध्यक्ष जानुका बोहरा र कानुनी सल्लाहकारमा सुलोभ धामीलाई मनोनित गरिएको छ।
बाकि पदहरु पहिलो बोर्ड बैठकवाट मनोनित गरिने नव निर्वाचित अध्यक्ष ओझाले बताए । उनले आफुलाई सर्वसम्मत अध्यक्षमा चयन गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
उनले आफुले जुनियर जेसिजका लागि गर्नुपर्ने सम्पूर्ण कामहरु प्रतिबद भएर गर्ने बताए ।
उनले आफुलाइ अध्यक्ष बनाउन सहयोग गर्नेलाई कहिले गलत नेतृत्व चयन भयो कि भन्ने आभाष हुन नदिने बताए । अतरिया जेसिज बर्ष २०२१ का अध्यक्ष धर्मराज भट्टको सभापतित्व सम्मपन कार्यक्रममा अतरिया जेसिज २०२० का अध्यक्ष पदमराज ओझा प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा अतरिया जेसिजका २०२२ का नवनिर्वाचित अध्यक्ष हर्कबहादुर कडायत , महासचिव प्रकाश मल्ल , कानुनी सल्लाहकार मान बहादुर ऐर , अतरिया जुनियर जेसिजका सस्थापक अध्यक्ष रोशन खड्का , पुर्व अध्यक्ष देवराज ओझा , तिर्थराज उपाध्याय लगाएतको उपस्थित रहेको थियो ।
कार्यक्रमममा सहभागी अतिथिहरुले नव निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिएका थिए ।