अत्तरिया - कैलालीको गोदावरी नगरपालीका वडा नं. ८ को स्याउले बजारमा जारी गौरा मेला सम्पन्न भएको छ । सुदुरपश्चिम गौरा पर्व मेला समितिको आयोजनामा स्याउले बजार नजिकै रहेको महादेव मन्दिर परिसरमा यही भाद्र ६ गतेबाट सुरु भएको गौरा मेला आज सम्पन्न भएको हो । बुधवार एक औपचारिक कार्यक्रमका बिच गौरा देवीलाई सेलाउदै मेलाको समापन गरिएको हो ।
मेला आयोजना समितिका संयोजक टेक बहादुर देउवाको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा गोदावरी नगरपालीका वडा नं. ८ का वडाध्यक्ष नरेश बहादुर अधिकारी प्रमुख अतिथि रहनुभएको थियो । बिशिष्ट अतिथीमा गोदावरी नगरपालिका वडा नं ६ का वडा अध्यक्ष बिर बा. चोखाल रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा नं. ८ का वडाध्यक्ष नरेश बहादुर अधिकारीले परम्परा देखी नै चलिआएको र सुदुरपश्चिमेलीको पहिचन झल्काउने एक मात्र पर्व गौरा भएको बताए ।
उनले सुदुरपश्चिमको संस्कृति , परम्परा र पहिचान झल्काउने पर्वलाई लोप हुन नदिइ यसरी नै बिभिन्न कार्यक्रमका माध्यामवाट जोगाई राख्नु पर्ने बताए । सुदुरपश्चिमको कला , सस्कृत र भाषालाई संरक्षण एबम् सम्र्बद्धन गर्न गौरा पर्वको अवसरमा मेलाको आयोजना गरिएको मेला आयोजना समितिका संयोजक टेक बहादुर देउवाल बताए ।
उनले कार्यक्रमलाई ५ दिन सम्म सुदुरपश्चिमका विभिन्न जिल्लावाट आएका देउडा कलाकारहरु एवम् स्थानियहरुले भव्यताका साथ सम्पन्न गर्न सहयोग गरेको भन्दै सबैलाई धन्यवाद दिए । मेलामा देउडा खेल्न लागी बझाङबाट बिर्ख सायर, डडेल्धुराबाट जयराज अवस्थी, भरत लुहार, चक्र देउवा लगायत कैलाली बाट डम्बर साउँद, प्रेमराज पाठक, पदमराज उपाध्याय, यज्ञराज उपाध्याय, करन ठकुल्ला, दिर्घ फुलारा, गणेश बिष्ट र पछिल्लो समयका चर्चित गायक सुरेश चोखाल सहितका कलाकारहरुको बोलाइएको थियो ।
वडा नं. ८ की वडासदस्य चन्द्रा भुलले स्वागत मन्तव्य व्यक्त गरेको समापन कार्यक्रमको सञ्चालन गोदावरी एफ एमका समाचार प्रमुख पत्रकार हेमराज भट्टले गरेका थिए । कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सबैलाई सम्मान पत्रले सम्मान गरिएको थियो ।