काठमाण्डौ- कोरोनाको तेस्रो लहर सुरु भएसँगै बालबालिकामा अत्यधिक मात्रामा संक्रमण देखिन थालेको छ । खोपको दायराभन्दा बााहिर रहेका १२ वर्षमुनिका बालबालिकामा संक्रमणको जोखिम बढी देखिएपनि उनीहरूको स्वास्थ्यमा धेरै जटिलता भने छैन ।
तर, दोस्रो लहरका बेला जस्तै कोभिडबाट निको भइसकेका धेरै बालबालिकामा एक–डेढ महिनापछि ‘पोस्ट कोभिड सिन्ड्रोम’ लक्षण देखिन सक्ने विज्ञहरूले बताएका छन् ।
किनकि यो उमेर समूहले खोपसमेत लगाइएको छैन् । ।सरकारले करिब दुई महिनाअघि मात्र १२ देखि १७ वर्ष उमेर समूहलाई फाइजर खोप दिइएको छ ।
चिकित्सकहरूका १२ वर्षमुनिका धेरैजसोमा अत्यधिक जीउ दुखाइ, ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, खसखस गर्ने, कसै–कसैमा टाउको दुखाइ, हल्का बान्ता हुने र पखालालगायतका लक्षण देखिएको छ
धनगढी स्थित सेती प्रादेशिक अस्पतालका मेडिसिन विभाग प्रमुख डा. शेरबहादुर कमर दोस्रो लहरको दाँजोमा अहिले बालबालिकामा पनि संक्रमण बढेको बताउँछन् ।
‘लक्षण देखिएका बालबालिकाको परीक्षण गर्दा धेरैमा संक्रमण देखिएको छ,’ उनले भने ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुनका अनुसार कोभिडले १२ वर्षमुनिका बालबालिकामा हनहन्ती ज्वरो आउने, जीउ र घाँटी दुख्ने, पखालालगायतका लक्षण देखिएको छ ।
उनका अनुसार ‘१२ वर्षमुनिका बालबालिकाले खोप नपाएकाले अलि बढी पीडादायक संक्रमण देखिएको हो