काठमाडौं - इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएर पहिलो चरणमा इजरायल प्रस्थान गरेका श्रमिकहरुलाइ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठर्ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाई गरेका छन् ।
निजी क्षेत्र तथा बिचौलियाका सरकार–सरकार (जिटुजी) प्रक्रियामार्फत पहिलोपटक इजरायल प्रस्थान गरेका श्रमिकको बिदाइका लागि मन्त्री श्रेष्ठ सहित मन्त्रालयका उच्च कर्मचारी तथा नेपालका लागि इजरायलका राजदुत हनान गोदर विमानस्थल पुगेका थिए ।
पहिलो चरणमा इजरायल प्रस्थान गरेका श्रमिकहरुलाई सम्वोधन गर्दै मन्त्री श्रेष्ठले नेपालको इज्यत रहने गरी अनुशासित भएर काम गर्न आग्रह गर्नु भएकाछ ।
विगतमा पनि नेपालीहरू इजरायल रोजगारीमा पठाउन पटक(पटक प्रयास गरिएको भएपनि आफ्नो कार्यकालमा सफलता प्राप्त भएको उहाँले बताए । मन्त्री श्रेष्ठले नेपालीहरूका लागि इजरायल आकर्षक गन्तव्य मुलुक बन्ने विश्वास व्यक्त गरेका छन् ।
पहिलो चरणमा ६३ महिला र ३६ पुरुष गरी ९९ जना नेपाली श्रमिक इजरायल प्रस्थान गरेका हुन ्। इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा पहिलो चरणमा इजरायल प्रस्थान गरेका हुन्।
इजरायल जाने नेपालीले मासिक करिव २ लाख रुपियाँ पारिश्रमिक पाउनेछन्। यसपछि माघ १५ र १६ गतेका दिन दुई उडान हुनेछ । वैदेशिक रोजगार विभागले गत कात्तिकमा पाँच सय र मङ्सिरमा छ सय ७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो।
छनोटमा परेका एक हजार एक सय ७५ मध्ये आठ सय २१ महिला र तीन सय ५४ पुरुषको अन्तिम नामावली प्रकाशित भएको छ । बीच २०७७ असोज १४ गते श्रम नेपाल सरकार र इजरायल सरकारबीच श्रम सम्झौता भएको थियो ।
मन्त्री श्रेष्ठले सुरक्षित, पारिश्रमिक तथा सेवा–सुविधाका हिसाबले आकर्षक गन्तव्य मुलुक खोजी गरिरहेको बताउँदै आएका छन्।