अत्तरिया – पछिल्लो समय अत्तरिया बजारमा बिना लेवल लगाईएका जडीबुटी जन्य तेलको बिक्री खुला रुपमा भईरहेको छ । अधिकांश भारतबाट आएका व्यपारीहरुले पहाडी मस्ताना तेलको नामबाट जडीबुटीको तेल भन्दै बिक्रि गर्दै आईरहेका छन् ।
अत्तरिया बजारमा मात्रै आधा दर्जन बढी यस्ता तेल बिक्रि गर्ने व्यवसायीहरु सडक किनारामा बसेर आफ्नो व्यवसाय गरिरहेका छन् । पहाडी मस्ताना तेल भन्दै माईकिङ समेत गर्दै आएरहेका उनीहरुले तेलको प्रयोगले बिभिन्न दुखाईहरु निको हुने दावी गर्ने भएपनि तेलमा कुनै लेवल लगाईएको छैन् ।
व्यवसायीहरुले यस्ता तेल बढी भिडभाड हुने ठाउँहरुमा बिक्रि गर्दै आईरहेका छन । जसले गर्दा आफ्नो समस्या निको हुने लोभमा अधिकांश सर्वसाधारण ठगिने गरेका छन । बिशेष गरी यस्ता व्यवसायीहरुबाट भारत जाने र भारतबाट आउने यात्रु र निम्न वर्गीय मानिस ठगिने गरेका छन ।
भारतबाट आएका व्यवसायीहरुले आफूले पहाडको जडीबुटी मिश्रण गरि तेल बनाएको दावी गर्दै ५०/१००/२०० रुपैंया सम्ममा बिक्रि गर्ने गरको छन् ।
अत्तरियाको पहाड रोडमा पहाडी मस्तान तेल नामको जडीबुटी तेल बिक्रि गर्दै आईरहेका भारतको हरियाण घर भएका रामु सिहंले बिगत २ /३ महिना देखि अत्तरियामा व्यवसाय गरिरहेको बताए । उनले यसका लागि प्रहरी कार्यालयमा गएर अनुमती समेत लिएको बताए ।
‘यो हाम्रो पुख्यौली पेसा हो, हामी यो जडीबुटी भारतको हरिद्धार बाट लिने गरेका छौ मानिहरुले विश्वासले किन्ने गर्दछन ।’ सिहले भने –‘हामी एक ठाउँमा २/३ महिना बस्छै अनि अर्को ठाउँमा जान्छौ ।’ उनले आफूले यसरी बिना लेवलको तेल बिक्रि गरेको बारेमा अहिले सम्म कसैले गुनासो नगरेको बताए । समूहमै हामीहरु एक ठाउँबाट अर्को ठाउँमा औषधी बिक्रि गर्ने गरेको सिहंले बताए ।
ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी ज्ञानबहादुर विष्टले यस बिषयमा आफूलाई जनाकारी नभएको बताए । उनले यस्ता व्यवसायीहरुको बारेमा कार्यालयमा अहिले सम्म कुनै गुनासो नआएको बताए । उनले यो बिषयमा बुझेर मात्रै भन्न सक्ने जिकिर गरे ।
उपभोक्ता संरक्षण ऐनले के भन्छ
उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कुनै पनि बस्तु बिक्री गर्न लेबल लगाउनु पर्ने नियम भएपनी बिना लेवलीङ गरेका जडीबुटी तेल बजारमा बिक्रि भइरहेका छन ।
उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार लेबल लगाउनु पर्ने नियममा निम्न कुरा उल्लेख छन :
- उत्पादरले आफूले उत्पादन गरेको वस्तुमा लेबल लगाउनु पर्ने ।
- लेबलमा उत्पादररो नाम, ठेगाना र उद्योगको दर्ता नम्बर उल्लेख गर्नु पर्ने ।
- खाद्य पदार्थ, औषधि र सौन्दर्य सामााग्री जस्ता वस्तुमा त्यस्ता वस्तुको मिश्रण , परिणाम , मिश्रण तत्व , परिणामा र तौल उल्लेख गर्नु पर्ने ।
गुणस्तर भएमा त्यस्ता वस्तुको गुणस्तर उल्लेख गर्ने ।
- वस्तु उपभोग गर्ने तरिका र त्यस्तो वस्तु उपभोग गरेबाट हुन सक्ने नकारात्मक प्रभावका बारेमा उल्लखे गर्ने ।
उपभोक्ता संरक्षण ऐन, २०७५ यहाँ क्लिक गरेर पुरा हेर्नुहोस ।