बाजुरा – बाजुराको बुढिन्नदा नगरपालिकामा आर्थिक बर्ष ०७५/०७६ मा स्वास्थ्य संस्थामा गर्भचाँच र सुत्केरी गराए बाफतको रकम महिलाहरुले नपाएको खुल्लासा भएको छ । स्वास्थ संस्थामा सुत्केरी गराए बाफत बाजुरामा ३ हजार र नियमित गर्भजाँच बाफत ८ सय गरि एक जनाले ३ हजार ८ सय अनिवार्य पाँउने ब्यबस्था रहेको छ ।
बुढिन्नदा नगरपालिकामा मात्र तिन वटा स्वास्थ्य संस्थामा सुत्केरी गराएकी १ सय ८८ जनाले सुत्केरी भत्ता नपाएको खुल्लासा भएको छ । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा १ सय ३६ जना, पाण्डुसेन स्वास्थ्य चौकिमा ३४ जना र बाधु स्वास्थ्य चौकिमा १८ जनाले प्रोत्साहन भत्ता पाएका छैनन् ।
नेपाल सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराउन र गर्भजाँच गराउन प्रेरित गराउनका लागि प्रोत्साहन भत्ताको अनिवार्य ब्यबस्था गरेको छ । बुढिन्नदा नगरपालिका १ कि बिउरा बोहोराले चैत १ गते पाण्डुसेन स्वास्थ्य चौकीमा सुत्केरी सेवा लिईन् । तर अहिले सम्म भत्ता पनि भत्ता नपाएको बताईन । उनले भत्ता मात्र नभई नवजात शिशु र आमाका लागि पाँउने भोटो चोलो पनि नपाएको बताईन । त्यस्तै वडा नम्बर ८ कि आरती धामिले पनि भत्ता र अन्य सुबिधा नपाएको बताए ।
पाण्डुसेन स्वास्थ्य चौकिमा ईन्चार्ज नृपराज गिरीले भने नगरपालिका र स्वास्थ्य संयोजकलाई पटक पटक पैसाको माग गर्दा नगरपालीकाले माथि बाट नै पैशा नआएको भन्दै नदिएको वताए ।
बाजुराको उत्तरी क्षेत्रमा रहेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा सबै भन्दा बढि सुत्केरी हुने संस्था रहेको छ । माघ देखी साउन सम्म १ सय ३६ जनाले सुत्केरी सेवा लिएका छन कसैले पनि भत्ता नपाएको अनमि देउमा धामिले बताए । सुत्केरी भएकै बेला हातमा प्रोत्साहन भत्ता दिने ब्यबस्था हो, तर नभए पछि रित्तो हात घर पठाउने गरेको उनले वताईन् ।
अर्को सुरक्षित गर्भपतन बाफतको पनि प्रतिब्यक्ति ८ सयका दरले स्वास्थ्य संस्थाले पाउने गरेको छ, त्यो पनि नपाएको बताए । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा १ सय ५४ जनाले सेवा लिएको तर अहिले सम्म कसैले पनि पैशा नपाएको प्राथमिक स्वास्थ्य केन्द्रले वताएको छ ।
बुढिन्नदा नगरपालिका स्वास्थ्य संयोजक जशि ल्वार भने पैसा कम आएको भनेर दिन नसकेको बताउँछन् । उनलाई ०७५/०७६ मा कति सुत्केरीलाई भत्ता दिन बाकि छ भनेर सोध्दा स्वाथ्य सयोजक जशी ल्वारले आफूलाई त्यस विषयमा कुनै जानकारी नभएको बताए । जशीका अनुसार बढिन्दा नगरपालीकामा सुत्केरी भत्ताको लागी १३ लाख ५० हजार मात्र आएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने सुत्केरी भत्ताको रकम त्यो भन्दा थप बढी १५ लाख नगरपालिकामा आएको खुलाशा भएको छ । मन्त्रालयका योजना शाखा प्रमुख सुर्य खड्काले भने पहिलो पटक १३ लाख ५० हजार, दोस्रो पटक ८ लाख ९० हजार र तेस्रो पटक जेठ १७ गते ८ लाख ९० हजार गरि २८ लाख ५० हजार बुढिन्नदा नगरपालिकालाई पठाएको वताएका छन् ।
नगरपालिकाले अझै कम भयो भनेर माग ग¥यो, भने हामी पठाउने थियौ, कुनै जानकारी नआएकाले त्यति रकम मात्र पठाएको वताए । सुत्केरीले पैसा नपाउनु दु ः खको कुरा हो, यो सरासर नगरपालिका र स्वास्थ्य संयोजकको कमजोरी रहेको स्वास्थ्य मन्त्रालयका योजना शाखा प्रमुख खड्काले बताए ।
मन्त्रालय बाट २८ लाख ५० हजार पठाएको भएपनि स्वास्थ्य संयोजक र नगरपालिकाले १३ लाख ५० हजार मात्र आएको भनेर पैसा नदिएको बुझिएको छ ।
यता बुढिन्नदा नगरपालिका उपप्रमुख सृष्टि रेग्मि भने आफूहरुलाइ स्वास्थ्य संयोजकले मन्त्रालयबाट पैशा नआएर दिन नसकिएको बाताएका छन । अरु कुनै जानकारी नभएको उपप्रमुख रेग्मीले बताए । त्यस्तै नगरपालिका निमित्त प्रशासकिय अधिकृत रामदत्त न्याउपानेले भने आफूहरुलाइ पैसा अपुग मात्र भएको भन्ने जानकारी रहेका छ । थप पैसा आए नआएको कुनै जानकारी नभएको बताए । उनले थप बास्तबिकता के हो, बुझेर मात्र भन्ने वताए ।