बाजुरा – बाजुरा जिल्लाको दुर्गममा रहेको त्रिवेणी नगरपालीका ७ मा बस्ने ६ बर्षका बसन्त रावतले ६ महिनामै बुवा गुमाए । बसन्तका बुवा झलक रावतको भारतको नयाँ दिल्लीमा काम गर्ने क्रममा पक्षघात भएर मृत्यु भयो ।
बुवाको मृत्यु पछी बसन्तकी आमा शोभा देवी रावत बसन्तलाई ११ महिनाको हुँदै छोडेर पाँच वर्ष पहिले अर्कोसंग विवाह गरेर हिडिन । बुवाको मृत्यु र आमाले अर्को विवाह गरेर छोडेपछी बसन्त ५ वर्ष देखि वृद्ध हजुर बुवा हजुर आमाको साहारामा बसेका छन ।
बुवाको मृत्यु भए लगतै आमा अर्कोसंग हिडेपछी बसन्त ७५ वर्षीया हजुर बुवा जहरे रावत र ६५ वर्षया हजुर आमा नरमा देवी रावतको साहारामा बस्दै आएका छन । उनका हजुर आमा र हजुर बुवा भैसी गोरु बाख्रा पाल्दै आफ्नो जिविको चलाउदै गरेका छन । बसन्ताले भने ६ वर्ष सम्म पनि विद्यालय देख्न पाएका छैनन ।
बसन्तकी हजुरआमा नरमा देवी रावतले ११ महिनाको नाबालकलाई आफूले जोगाएको भएपनि आयआर्जनको कुनै श्रोत नहुँदा पठाउन नसकेको बताईन । ‘नाती नाबालक छ के गर्ने के लगाउने भन्ने नै समस्या छ । आफ्ना आँखा पनि कमजोर भईसकेका छन ।’ आखाँ बाट आशु झार्दै बसन्तकी हजुरआमा रावतले भनिन् – ‘हामी आफू डाँडा माथीका जुन भइसक्यौ नातीलाई कसको भर छोड्ने, नातिको भबिष्य के हुने हो ।’
६ बर्षका बसन्त रावतले भने आफूलाई स्कुल जाने रहर रहेको बताउने गरेका छन । बसन्त रावतले भने –‘बाजे बजैले पढाउन सक्दैनै भन्छन् । पढाउने अरु कोहि छैनन् । विद्यालय जान रहर लाग्छ ,अरु साथीहरु जस्तै पढने रहर छ ।’
पढ्ने रहर हुँदा पनि बसन्तले स्थानीय कुनै पनि निकायबाट अहिले सम्म सहयोग पाएका छैनन ।
बसन्तलाई स्कुल जान मन हुदाँ पनि अहिले सम्म कुनै सहयोगी हातहरु पाएका छैनन । सहयोगी हातहरु नपाउँदा बसन्त पढ्ने उमेरमा पनि घरमै बस्दै आएका छन ।