अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं ४ बास्कोटामा रहेको प्रगतिशिल शिशु कृषि सहकारी संस्था लिमिटेडको सातौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । आज एक औपचारिक कार्यक्रमका बिच संस्थाको आर्थिक बर्ष २०७७\०७८ को बार्षिक प्रतिबेदन , आयब्याय र आगामी योजनाहरु प्रस्तुत गर्दै सातौ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
संस्था संचालक समितिका अध्यक्ष गोरख बहादुर खड्काको सभापतित्वमा सम्पन्न भएको उद्धघाटन समारोह कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासराज्य मन्त्री चुनकुमारी चौधरी प्रमुख अतिथी रहेकी थिइन् । बिशिष्ट अतिथीमा वडा नं ४ का वडा सदस्य कृष्णा जोशी र वडा नं ६ का सदस्य धन बहादुर खड्का रहेका थिए ।
कार्यक्रममा बोल्दै राज्यमन्त्री चौधरीले सानो सानो पुजीँवाट स्थापना भएको सहकारीले ग्रमिण क्षेत्रमा नागरिकहरुका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताइन् । उनले सहकारीले बचत गर्ने बानीको विकाससंगै नेतृत्व क्षमताको पनि विकास हुने बताइन् । उनले सबैले सहकारीमा आबद्ध भएर आफ्नो आम्दानीको थोरै रकम बचत गर्नुपर्ने बताइन् ।
२०७१ सालमा स्थापना भएको प्रगतिशिल शिशु कृषि सहकारी संस्थमा सुरुमा ३५ जना शेयर सदस्य रहेका थिए भने ३८ हजार रुपैया शेयर पुजी रहेको थियो । प्रत्येक बर्ष शेयर सदस्य र पुुजीँ बढ्दै गएपछि सात बर्ष सम्म आइपुग्दा संस्थाको शेयर पुजीँ ६ लाख ७५ हजार रुपैया रहेको छ भने शेयर सदस्यहरुको संख्या ४ सय ४४ जना पुगेका छन् ।
संस्थाले आर्थिक बर्ष २०७७÷०७८ को अषाढ समान्त सम्म आइपुग्दा ५३ लाख ३३ हजार ६ सय ६३ रुपैया बराबरको कारोबार गरेको छ । संस्थाले गत एक बर्षमा सबै खर्चहरु कटाएर २१ सय ३४ रुपैया खुद नाफा आर्जन गरेको छ ।
यस्तै २०७८ साल अषाढ मसान्त सम्ममा संस्थाले २६ लाख ५० हजार बराबरको कुल बचत रकम संकलन गरेकोमा ३० लाख ५२ हजार ४ सय १५ रुपैया ऋण लगानी गरेको छ । संस्थाको अहिले आफ्नै दुई तले भवन रहेको छ ।
गोदावरी नगरपालिकाका १२ ओटै वडामा संस्थाको कार्यक्षेत्र विस्तारको अनुमति पाई सकेकाले वडा अनुसार सदस्य संख्या थप गर्ने , शेयर सदस्यहरुको सिप विकास गरि स्वारोजगार उन्मुख गराई आर्थिक जिवन स्तर उठाउने कार्यमा जोड दिइने, समाजिक उत्तरदायित्वका कार्यक्रमहरु संचालन गर्ने , संस्थाको घेरबार पर्खाल निर्माणको लागि आर्थिक स्रोतको लागि बिभिन्न निकायसंग समन्ब्य गरि रकम जुटाउने कुरामा पहलकदमी गर्ने ,सहकारी संस्था मार्फत कृषिजन्य बस्तु मलखादँ , विउबिजन जस्ता बस्तु तथा सेवाहरुको प्रबन्ध मिलाइने लगाएत संस्थाको आगामी योजना तथा कार्यक्रमहरु रहेको बार्षिक प्रतिबेदनमा उल्लेख गरिएको छ ।
संस्थाका उपाध्यक्ष खगेन्द्र प्रसाद ओझाको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको संचालन ब्यबस्थापक विश्वनाथ कापडीले गरेका थिए ।