अत्तरिया - नेकपा एमालेको जिल्ला अधिवेशनको बन्दसत्र जारी रहेको छ । शुक्रबार उद्घाटन सत्र गरेको एमालेको बन्दसत्रबाट जिल्ला(जिल्लाबाट नयाँ नेतृत्व छनोट गर्दैछ । केही जिल्लामा शुक्रबारबाटै बन्दसत्र सुरु भएको छ भने कतिपय जिल्लामा शनिबार बिहानबाट बन्दसत्र सुरु गरिएको छ ।
शुक्रबार एमालेका ६१ जिल्लामा सुरु भएको अधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालयको एक्सन रूमबाट भर्चुअल सम्बोधन गरेका थिए । मौसम र आन्तरिक तयारीका कारण आज अधिवेशन हुन नसकेका १६ जिल्लामा छिट्टै अधिवेशनहरू हुने बताइएको छ।
एमालेले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न सर्कूलर जारी गरेको छ। जिल्ला कमिटी सदस्य बन्न जिल्ला विभाग वा एक तह मुनिको कमिटीमा एक कार्यकाल पूरा गरेको हुनुपर्ने मापदण्ड बनाइएको छ । अधिकारीले नेकपा र नेकपा एमाले कार्यकाल भएर दुई कार्यकाल गणना गरेर सके सम्म सहमतिमै नेतृत्व निर्माणमा एकजुट हुन आह्वान गरेका छन् ।
यता सुदूरपश्चिम प्रदेश अन्तर्गतका ८ जिल्लामा शुक्रबार देखि जिल्ला अधिवेशन सुरु भएको छ ।
एमालेका सुदूरपश्चिम प्रदेश सचिव धर्मराज पाठकका अनुसार बझाङबाहेक कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, बैतडी एमालेले सकभर सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने भने तापनि यस प्रदेशका केही जिल्लामा मतदान हुने सम्भावना छ ।
सर्वसम्मतिका प्रयासहरू जारी रहेका भए पनि आकांक्षीहरूको संख्या एकभन्दा बढी भएकाले उनीहरू आन्तरिक प्रतिस्पर्धाको कसरतमा देखिएका छन् ।तडी, अछाम, बाजुरा र दार्चुलामा जिल्ला अधिवेशन सुरु भएको हो ।