विश्वभर एकैदिन झण्डै २६ लाख ब्यक्तिहरुमा कोरोना पुष्टि भएको छ । कोरोनाको ओमिक्रोन भेरियन्टको प्रकोप बढेसँगै विश्वभर एकैदिन झण्डै २६ लाख मानिसमा कोरोना पुष्टि भएको हो ।
जसमा अमेरिकामा ७ लाख ५५ हजार जना , फ्रान्समा ३ लाख २८ हजार, बेलायतमा १ लाख ७८ हजार, भारतमा १ लाख ४१ हजार र स्पेनमा १ लाख १५ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, अर्जेन्टिनामा १ लाख १० हजार, इटलीमा १ लाख ८ हजार, अस्ट्रेलियामा ७८ हजार, टर्कीमा ६३ हजार र जर्मनीमा ५९ हजार जनामा कोरोना पुष्टि भएको छ । सोही अवधिमा मृतकको संख्या पनि बढेको छ ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा विश्वभर ६ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ ।
मृत्यु हुने मध्ये अमेरिकामा १ हजार ७६८, रसियामा ७८७, जर्मनीमा २८४, भियतनाममा २३३, बेलायतमा २२९, इटलीमा २२३ र फ्रान्समा १९३ जनाको मृत्यु भएको छ ।