अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं १ बसन्तपुर घर भएका अत्तरियाका एक युवकलाई अन्न नखाएर घनघोर जंगलमा बसेको १ सय ८ दिन पुरा भएको छ । गत बैसाख २८ गते देखी गौरीगंगा नगरपालिकामा वडा नं ६ मा पर्नेे बाह्रवनमा अत्तरियाका विलियम सिं मिजार हाल सत्यम् नाम गरेका युवकलाई घनघोर जंगल भित्र अन्न नखाएर तपस्यामा बसेका १ सय ८ दिन पुरा भएको हो ।
सुरुमा लुम्बिनिबाट नै भगवान गौतम बुद्धको मुर्ति आफै बनाएर ल्याएर आएका उनी बनबेहेडा स्थित पुर्व पश्चिम राजमार्ग देखी करिव ३ किलोमिटर भित्र बाह्रवनको जंगलमा तपस्या गरिरहेका छन । अहिले उनलाई सबैले ईश्वरले दिएको ‘सत्यम्’ नामले चिन्ने गर्दछन् । पहिलो पटक १ महिना तपस्यामा बसेका उनलाई परिवारका सदस्यहरुले घरमा लगेर गएका थिए । तर उनी त्यस बेला घरमा बस्न मानेनन् । केहि दिन घरमा बसेर उनी पुन बाह्रवनको जंगलमा तपस्यामा बसेका हुन ।
२५ बर्षको उमेर देखी सेतो पहिरन मात्र लगाउने उनी अहिले पहेलो पहिरनमा करिब डेढ महिना सम्म कुनै प्रकारको अन्न नखाई भगवान् गौतम बुद्धको ध्यानमा रहेका छन् । उनले आफुले ध्यानकै क्रममा ईश्वरबाट निर्देशन पाउने गरेको र सोहि अनुसार काम गर्ने बताउने गरेको परिवारका सदस्यहरु बताँउदछन् । यस अघि काठमाण्डौमा बाईवलको अद्ययन समेत गरेका विलियमले वाईवलको अद्ययन छोडि लुम्बिनि ध्यान गरेर फर्किएको उनका आफन्तले बताए । त्यँहाका स्थानियहरुका अनुसार सुरुको ५ दिन सम्म पानी समेत नखाई ध्यानमा बसेका उनले अहिले ध्यानवाट बाहिर आएपछि बेलुका पख पानी र केहि फलफुल खाने गरेको भएपनि ध्यानमा बसेका १ सय ८ दिन पुगि सक्दा पनि अन्नलाई छोएका समेत छैनन् ।
सुरुमा लुम्बिनिबाट नै भगवान गौतम बुद्धको मुर्ति आफै बनाएर ल्याई जंगलभित्र आफ्नो केहि भागलाई गोलघेर बनाई भगवान गौतम बुद्धको मुति त्याँहा राखेर उनी तपस्यामा बसे । उनी तपस्यामा बसेको देखेर सो ठाँउका स्थानियहरु अच्चमित भए । थारु समुदायको बहुल्यता रहेको त्यस ठाँउमा उनी तपस्यामा बसेको देखेर गाउँलेहरु उनलाई हेर्न जान थाले । सुरुमा बन भित्रको एक रुख मुनी पहेलो पहिरन लगाएर तमस्यामा बसेको केहि दिन पछि उनमा थुप्रै अलौकिक शक्ति रहेको भन्दै त्यहाका स्थानियहरु दिन रात उनको सेवा गर्नमा खटिए ।
त्यसको केहि महिनापछि बाह्रवानका चौकीदारले बनको जमिनलाई कब्जा गर्न खोजेको भन्दै उनी बस्ने ठाँउलाई आगो लगाएर जलाइदिएको स्थानियहरु बताउँदछन् । स्थानिय अर्जुन चौधरीका अनुसार त्यसपछि सत्यमले त्यस ठाँउवाट बस्न उचित नभएको भन्दै पुर्वका अन्यत्र ठाँउमा जाने निर्णय गरे । तर पछि स्थानियहरुले निरन्तर प्रार्थना गदै उनलाई त्यहि बस्न आग्रह गरे र उनी भगवानको निर्देशन अनुसार १०० मिटर पर त्यसैको क्षेउमा नया ठाँउमा सरे ।
स्थानीयहरुले अहिले उनी बस्ने ठाँउलाई घाम पानीवाट बचाउने तरिको बनाइदिएका छन् । सानै उमेर देखी सपनामा बिभिन्न प्रकारले ईश्वरीय अलौकिक दर्शनहरु देख्ने उनी वि स २०७५ साल चैत्र १ गते राती सपनामा ईश्वरले दर्शन दिई एक महिनाको लागि अज्ञात रहन भनेपछि पहिलो पटक उनी गत चैत्र २ गते देखी बैशाख २ गते सम्म एक महिना अज्ञात रहेका थिए । सानै देखी ईश्वरको आस्था प्रती गहिरो बिश्वास राख्ने उनीसंग बहुप्रतिभाहरु रहेका छन् । अहिले उनी बसेको बाह्रबन भित्रै दैनिक सयौको संख्यामा हेर्न जाने र पुजा गर्नेहरुको भिड लाग्ने गरेको छ । रातदिन आफ्नै ध्यानमा बसिरहने उनले कुनै बिषेश दिन वा शनिबारका दिन आफ्नो बिशेष शक्ति समेत देखाउने गर्दछन् । अहिले तपस्यामा बसेका सत्यम्की आमा खिना देवी मिजार पनि उनी संगै बस्ने गरेकी छन् ।
छोरोलाई यस्तो अबस्थामा देख्दा उनकि आमा बि.कले निकै चिन्तित र अदास छिन् । ‘साह्रै चिन्तित लागेको छ समयमा खाना छैन भोक प्यास छै, छोरो यो जंगलमा बसेको आज १०८ दिन पुरा भयो अझै कति दिन तपस्या हुने हो मनभर पिडा लुकाउदै’ उनले भनिन् – ‘बाबु घर जाउँ भन्छु, आफुले बारम्बार आग्रह गर्दा मसंग कुरै गर्दैन् । ’ तपस्यामा बसेको १०८ दिन सम्म अन्न नखाएर ध्यानमा बसेको छोरोले घरमा गएर खाना खाए र पहिले कै अबस्थाम आएमा आफु खुसी हुने उनले बताइन् । उनको शक्ति हेर्नका लागि कैलाली र कञ्चनपुरवाट सयौको संख्यामा सर्वसाधारणको भिड लाग्ने गरेको छ । उनले कुने बिषेश दिनमा हरेक हप्ताको शनिवार आफ्नो शक्ति देखाउने गर्दछन् । तपस्यामा बसेका सत्यम्लाई गौरीगंगा नगरपालिका वडा नं ६ का थुप्रै स्थानिय बासीले साथ सहयोग दिएका छन् ।
बिभिन्न देवी देउताका रोगले पिडित भएका हजार भन्दा बढि रोगीहरुलाई उनले आफ्नो शक्तिवाट निको पारिसकेको स्थानी अर्जुन चौधरीले बताए । ‘मेरो श्रीमति पनि यता हरेक शनिवार बाबाको शक्ति हेर्न आउने गर्दथिन्, त्यसको ५,६ हप्ता पछि उनी पनि काम्न थालिन् उनलाई बाबाले आफ्नो शक्ति प्रर्दशन गरेर पुरै निको पारि दिए’ उनले भने ।
उनले आफ्नो शक्ति प्रर्दशन गरिरहदा काम्ने , रुने , कराउने , बेहोस हुने लगाएत बिभिन्न बिरामीले पिडित भएकाहरु उनको शरणमा जाने गर्दछन् । त्यसपछि उनले ईश्वरले दिएको निर्देशनवाट सबैलाई शान्त पार्ने गरेको काम्ने रोगवाट पिडित स्थानिय महिला अनिता चौधरीले बताइन् । उनकी आमा बि.कका अनुसार कति दिनमा तपस्या पुरा हुन्छ भन्ने केहि भन्न नसकिने र भगवानले जाहाँ लग्यो त्यहि जाने बताउने गरेका छन् ।
अत्तरियामा रहेको दुर्गालक्ष्मी उच्च मा.विवाट प्रमाणपत्र तह सम्मको अद्ययन गरेका उनी उच्च शिक्षा अद्ययन गर्न काठमाण्डौको बाईबल कलेजमा भर्ना भएका थिए । स्नातकोत्तर अन्तिम बर्षको परिक्षा नदिदै उनी अद्ययन छोडेर लुम्बिनिमा ध्यानमा बसेका थिए । उनको घरमा २ भाई १ बहिनी र आमा रहेका छन । उनले अद्ययनका क्रममा स्थानिय संचार माद्यममा पनि काम गरेका थिए ।