अत्तरिया - कैलालीको अत्तरियामा आजवाट ७ दिने आधारभूत पत्रकारिता तथा उद्धघोषण तालिम सुरु भएको छ । गोदावरी पत्रकार मञ्च अत्तरियाको आयोजनामा दुर्गालक्ष्मी नमुना माध्यामिक बिधालयको हलमा तालिम सुरु भएको हो ।
गोदावरी पत्रकार मञ्चका अध्यक्ष हेमराज भट्टको सभापतित्वमा सुरु भएको तालिमको कार्यक्रमका प्रमुख अतिथी गोदावरी नगरपालिकाका नगरप्रमुख हरिसिंह साउँदले उद्घाटन गरेका हुन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलालीका सदस्य कैलाश जोशी र दुर्गालक्ष्मी नमुना माध्यामिक बिधालयका प्रध्यानाध्यापक शिवराज जोशी बिशिष्ट अतिथी रहेका थिए ।
तालिमको उद्घाटन गर्दै नगरप्रमुख साउँदले पत्रकारिताका माध्यामबाट विपन्न, गरिवहरुको आवाज बुलन्द भईरहेको बताए । उनले गोदावरीमा पत्रकारिताहरुको संख्या बढाउनका लागि तल्लो तहबाट नै पढाउन स्थानीय सरकारले पहल गर्ने उनले प्रतिबता व्यक्त गरे । पत्रकारितका माध्यामबाट लुकेका कुराहरु समेत वाहिर ल्याउने काम भईरहेको उनले उल्लेख गरे ।
तालिम आयोजना गर्ने गोदावरी पत्रकार मञ्चलाई नगरप्रमुख साउँदले धन्यवाद व्यक्त गरे । नेपाल पत्रकार महासंघ कैलालीका सदस्य कैलाश जोशीले सात दिने तालिमले पत्रकारीतामा रुचि भएकाहरुका लागि राम्रो अवसर भएको बताए । उनले तालिममा सिकेका कुरा आफ्नो व्यवहारमा लागूगर्न सहभागिलाई प्रशिक्षार्थीलाई आग्रह गरे ।
यस्तै सोही कार्यक्रममा बोल्दै दुर्गालक्ष्मी नमुना माबिका प्रध्यानाध्यापक शिवराज जोशीले यस प्रकारका तालिमले पत्रकारीत मात्र नभएर अन्य ठाउँमा पनि काम लाग्ने बताए । उनले बिधालयमा पढाई हुने सबै बिषयमा पत्रकारिता अति नै महत्वपूर्ण रहेको बताए ।
उनले पत्रकार बन्न र पत्रकारिता गर्नका लागि पहिला पूर्ण अध्ययन हुन आवश्यक रहेको बताए । अध्ययन बिना पत्रकारिता सम्भव नहरेका कारण पत्रकारितासंगै अध्ययन र बोल्ने बानीको बिकासका लागि उद्धघोषण तालिम समेतसंगै रहेकाले सहभागी प्रशिक्षार्थीहरुले यसवाट धेरै कुरा सिक्ने अबसर मिल्ने उनले विश्वास ब्यक्त गरे ।
कार्यक्रम सहभागी पदमा अस्पातालकी प्रशासक मञ्जु साउँदले आधारभूत तालिमले विद्यार्थीहरुको क्षमता अभिवृद्धिमा टेवा पुग्ने बताएकी छन् । उजले तालिममा सिकाईने कुराहरु लगनशिल भएर सिक्न सबैमा आग्रह गरिन् । कार्यक्रमा पत्रकार मञ्चका संरक्षक पदमा अस्पताल प्रालिका प्रबन्ध निर्देशक डा नर बहादुर मौनीलाई सम्मान गरिएको थियो ।
उक्त सम्मान पत्र पदमा अस्पातालकी प्रशासक साउँदले ग्रहण गरेकी थिइन् । हप्ता दिन सम्म सञ्चालन हुने तालिमको प्रशिक्षकहरुमा मञ्चका अध्यक्ष हेमराज भट्टसंगै उप–प्रध्यापक तथा साहित्यकार डा. टिएन जोशी, नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका सचिव हरि जोशी, आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका विरेन्द भट्ट, गोपाल सुवेदी र प्रेरणा पाण्डे रहने आयोजक पत्रकार मञ्चका उपाध्यक्ष प्रेम सिं बिष्टले जानकारी दिए ।
उपाध्यक्ष प्रेम विष्टले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन मञ्चका सचिव नरेशनाथ योगीले गरेका थिए । तालिममा दुर्गा लक्ष्मी नमुना मावि र एभरेष्ट एकेडेमीवाट ५० जना भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको छ ।