अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं २ तेघरीमा रहेको जिवन ज्योति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिको १८ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको नयाँ भवनको सभाहलमा आयोजित उक्त कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिं साउँद प्रमुख अतिथी रहनु भएको थियो ।
संस्था संचालक समतिकी अध्यक्ष सुमित्रा सोवको सभापतित्वमा सम्पन्न कार्यक्रमका बिशिष्ट अतिथीहरुमा गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायत र नगरपालिका कृषि शाखा प्रमुख दृब्यराज जोशी रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगरप्रमुख साउँदले सहकारी राज्यको एक अभिन्न अंग रहेको बताए ।
उनले सहकारीले अहिले राज्यले गर्नुपर्ने बिभिन्न दायित्वहरु पुरा गर्दै हिजो आर्थिक अभावका कारण जिवनयापनमा निकै कठानाई भोगिरहेकाहरुको जिवनस्तर सुधार गर्नमा सहकारीको महत्वूर्ण भूमिका रहेको बताए ।
उनले सहकारी भनेको किसानहरुको खेती जस्तै रहेको बताए । "सहकारी बेमौसमी खेती हो , यो खेतीमा बिरुवाहरु राम्रोसंग हुर्काय बढाए जुनसुकै बेला पनि टिप्न सकिन्छ उनले भने - तर खेती राम्रो हुनुपञ्र्यो , सबैको आ आफ्नो दायित्व र जिम्मेवारी हुनुपञ्र्यो ।
उनले नेतृत्व क्षमतावान र असल भएपछि सहकारी निकै फष्टाउन नभएर सहकारीहरु हराएर जाने बताएकाछन् । उनले खाडी मुलुकमा पुगेर बाकसमा भित्रि हुनुपर्ने बाध्यतालाई अन्त्य गर्नका लागि सहकारीहरुले बिभिन्न किसिमका तालिमहरु प्रदान गर्दै आफ्नै स्थानिय स्तरमा बिभिन्न बस्तुहरुको उत्पादनमा जोड दिनुपर्ने बताए ।
यस्तै सोही कार्यक्रममा बोल्दै उप प्रमुख रत्ना कडायतले जिवन ज्योति महिला विकास बहुउद्देश्यीय सहकारीले महिलाका पक्षमा थुप्रै राम्रा कामहरु गरेको बताइन् ।
उनले हिजो घरको चुलो चौकोमा मात्रै सिमित हुने महिलाहरुलाई आज हरेक संघ संस्थाका निणयात्मक भूमिकामा महिलाको सहभागिता मात्रै नभई अर्थ पूर्ण सहभागिता हुन थालेको बताइन् । उनले अब महिलाहरुले सबै ठाउँमा नेतृत्वदायी भूमिकामा आउनुपर्ने बताइन् ।
अब स्थानिय तहको निर्वाचन पनि नजिकिदै छ , अब जुन सुकै राजनितिक दलवाट भएपनि महिलाहरुले उप प्रमुख , उपाध्यक्षमा होइन अब प्रमुख र अध्यक्षको नेतृत्व माग्नुपर्छ उनले भनिन् अबसर पाए महिलाले पनि पुरुष सरह नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छन् ।
संस्थाकी अध्यक्ष सुमित्रा सोवले बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेकी थिइन् भने लेखा संयोजक सविना तामाङले आन्तरिक लेखा प्रगति प्रतिबेदन प्रस्तुत गरेकी थिइन् ।
महिलाहरुले नेतृत्व गरेको ज्योति महिला महिला सहकारीले आर्थिक बर्ष २०७७÷०७८ अषाढ मसान्त सम्म आइपुग्दा १३ करोड ७३ लाख ८४ हजार ८ सय ७९ रुपैया बराबरको बित्तिय कारोबार गरेको छ ।
सो संस्थाले गत एक बर्षको अबधिमा ६२ लाख ५६ हजार १ सय ८१ रुपैया खुद नाफा आर्जन गर्न सफल भएको छ । २०५१\५२ साल देखि अनौपचारिक रुपमा बचत संकलन तथा ऋण लगानी गर्दै ०५९ साल कात्तिकको १५ गते औपाचरिक रुपमा स्थापना भएको उक्त सहकारीमा २०७७÷०७८ अषाढ मसान्त सम्ममा १ करोड ६१ लाख ५० हजार रुपैया शेयर पुजी रहेको छ भने २४ सय १८ जना शेयर सदस्यहरु रहेका छन् ।
बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै संस्थाकी अध्यक्ष सुमित्रा सोवले संस्थाले गत आर्थिक बर्ष २०७७\०७८ मा थुप्रै कामहरु भएको बताइन् ।
उनले गत बर्ष संस्थागत कृयकलापहरुमा शेयर पुजीमा बृद्धि , बचत संकलनमा बृद्धि , शेयर सदस्यहरुको आयस्तर बढाउन ऋण लगानीमा बृद्धि , तिन बर्षिय ब्यवासायक योजना पुनराबलोकन गोष्ठी , संस्थाले आफै पेटिकोट तथा सेनेटरी प्याड उत्पादन गरी उपभोक्ता पसल संचालन , मृत्यु राहत बितरण , सुत्केरी पोषण खर्च , सहकारी शिक्षा तथा पोशाक बितरण , आफ्नै भवन निर्माण , शेयर सदस्यहरुलाई शेयर लाभाष वितरण र ११ औँ अन्तराष्ट्रिय महिला दिवस जस्ता कार्यक्रमहरु गरेको बताइन् ।
यस्तै उनले संस्थाका आगामी योजनाहरु पनि सर्बजनिक गरेकी छन् । संस्थाको शेयर सदस्यहरुको संख्या हाल २४१८ रहेकोमा अब २८०० पुञ्याउने , बाल बचतकर्ताको संख्या ११५० पुञ्याउने , दैनिक बचतकर्ता ८७७ वाट बढाएर १४७० पुञ्याउने , २ हजार ऐच्छिक बचतकर्ता पुञ्याइने लक्ष्य रहेको छ ।
यस्तै हालको शेयर पुजीलाई बृद्धि गरी ४ करोड ४२ लाख ८ सय पुञ्याइने , नियमित बचत लगाएत सम्पूर्ण बचतको कुल रकमलाई बृद्धि गरी १५ करोड पुञ्याइने , कम्तिमा ८८४ जना सदस्यहरुलाई १५ करोड ऋण प्रवाह गरिने र संस्थाको भवनमा सटरहरु निर्माण गरिने योजना र लक्ष्य रहेको अध्यक्ष सोवले बताइन् ।
सो संस्थाको कार्यक्षेत्र गोदावरीका १२ ओटै वडामा रहेको छ । संस्थाकी उपाध्यक्ष लिलावती सिंहले स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन सचिब सुनिता मल्ल र ब्यबस्थापक क्षेत्रा साउँदले गरेकी थिइन् ।
साथै आजै संस्थाको नव निर्मित भवनको पनि उद्धघाटन गरिएको छ । ३५ लाखको लगानीमा बनेको उक्त भवन निर्माण कार्य एक बर्ष पहिले सकिएपनि बार्षिक साधारण सभाको अबसरमा आज उद्घाटन गरिएको हो ।